घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको प्रथम नगर अधिबेसन सम्पन्न



कोहलपुर ।

घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितिको वार्षिक साधारण सभा तथा प्रथम नगर अधिबेसनको उद्घाटन सत्र सम्पन्न भएको छ । महासंघसंग आवद्ध उद्योगी व्यवसायी, सरोकारवालाहरुको सहभागितामा उद्घाटन सत्र सकिएको हो । उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने अधिकाश वक्ताहरुले उद्योग विकासले नै रोजगारी सृजना गर्नेमा जोड दिएका छन् ।

औद्योगिक कारणको बjकासबाट बेरोजगारी न्युनिकरण गर्न सकिने उनीहरुको भनाई रहेको छ । उद्घाटन सत्र कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्यता, घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय वरिष्ठ उपाध्याक्ष उमेश प्रसाद सिंहको विशिष्ठ आतिथ्यता तथा कोहलपुर महासंघका अध्यक्ष हेम विक्रम जिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

अहिले केहीबेरमा बन्द सत्र शुरु हुने आयोजकले जनाएको छ । बन्द सत्रबाट नयाँ कार्य समिति चयन गरिने आयोजकले जनाएको छ । उद्घाटन सत्रमा महासंघलाई सहयोग गर्ने उद्योगी, व्यवसायीहरुलाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ साउन २५ गते शनिबार