कोहलपुर ।
सांसद महेश्वर गहतराज ‘अथक’ले आफ्नो निर्वाचन क्षेत्रको अनगुमगन गरेका छन् ।उनले सरोकारवाला सहित आफ्नो निर्वाचन क्षेत्रको स्थानिय पुर्वाधार तथा साझेदारी बिकास कार्यक्रमको अनुगमन गरेका हुन् । सांसद विकास कोष अन्तर्गत ल्याईएको योजनाहरुको प्रगतीका बारेमा अनगमन गरिएको सांसद गहतराजले बताए । उनको अगुवाईमा आधा दर्जन बढि योजनाको अनुगमन गरिएको हो ।
सांसदका कार्यालय सचिव शिव सुनारका अनुसार अनुगमन टोलीले कोहलपुर नगरपालिका वडा नं. २, योजनाहरुमा लक्ष्मी माबि बर्दहवाको भवन, प्राकृतिक योग चिकित्सालयको भवन, साँस्कृतिक सँग्राहलय, वडा नं. ११ को अल्पसँख्यक समुदायका लागी सुरक्षित आवास कार्यक्रमको अनुगमन गरेको छ ।
यस्तै राप्तिसोनारी गाँउपालिका अन्तर्गत लक्ष्मी माबि मदुइको भवन, राप्तीनदीको तटबन्ध, टिकुलीपुरको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको भवन निर्माण र कालोपत्रे सडक लगायतका योजना हरुको अनुगमन तथा निरिक्षण गरिएको हो ।