रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ५ का ३० जना बेरोजागर युवाहरुले रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बाँसगढीे वडा नम्बर ५ मा ३० जना वेरोजगार युवाहरुले एक महिने रोजगारी पाएका हुन् ।
उनीहरुलाई २ किलो मिटर सडक निर्माणकोको जिम्मेवारी दिईएको छ । एक महिनाको अवधिमा युवाहरुले बाँसगढी ५ हाउपुर देखी बढैयाताल ५ को सिमाना कर्णाली टोल सम्म २ किलोमिटर बाटोको नयाँ ट्रयाक खोल्ने छन् । वडा नम्बर ५ मा बिहिबार बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरे । शुभारम्भ कार्यक्रममा नगर प्रमुख सालिकराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्री, वडा अध्यक्षहरु, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रधानमन्त्री रोजगार कार्यक्रम बाँसगढी नगरपालिकाका रोजगार संयोजक सरोज पंगेनीले गरेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार पाएका युवाहरुले ३० दिनको लागि दैनिक ५ सय १६ रुपैया पारिश्रमिक पाउने छन । वडा नम्बर ५ मा मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि १ हजार २ सय जनाले फारम भरेका थिए । बाँसगढी वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्र गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्