14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

पर्यटकको पहिलो रोजाई बन्दै ‘स्माल भिजेल’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६  

जुम्ला ।

नेपाल कै जेठोे कर्णाली प्राविधिक शिक्षालयमा रहेको स्माल भिलेज पर्यटकको रोपाई बन्दै गएको छ । शिक्षालयको प्रयोगजनको लागि स्माल भिलजे बनाईएको भएपनि आन्तरिक पर्यटकको रोजाई बन्दै गएको हो । जुम्ला तथा बाहिरी जिल्लाबाट आउने पर्यटक घुघुत्ती पुग्ने गरेका छन् ।

प्राकृतिक रुपमा रमणीय घुघुत्ती शैक्षिक क्षेत्र भएपनि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको शिक्षलयले जनाएको छ । मानव निर्मित सुन्दर र सङ्लो ताल, पुरानो कलात्मक शैलीका घरहरु, हरियाली वातावरण त्यहाँको आकर्षण हो । विषेशगरी युवायुवतीहरु बढि आउने गरेको शिक्षालय प्रमुख आशा श्रेष्ठले बताईन् ।

जुम्लाको घुघुत्तिमा रहेका पुराना कलात्मक भौतिक संरचना र कृतिम तालले पर्यटकको मन लोभ्याउने गरेको छ । भने री पुराना कलात्मक संरचनाको अवलोकन गर्ने, तनाव कम गर्नका लागि वातावरणमा रमाउने, घुम्ने, वनभोज खाने जस्ता उद्देश्यले पर्यटकहरु भित्रिने गरेको शिक्षालयकी प्रमुख श्रेष्ठको भनाई छ ।

उनका अनुसनर अहिले दिनमा २० देखि ३० जना सम्म पर्यटक त्यहाँ पुग्ने गरेका छन् । पर्यटक बढे संगै तयहाँको होटल व्यवसाय पनि फस्टाएकोे छ । ११ वर्ष अगाडि एक्लै होटल व्यवसाय सुरु गरेका पदमबहादुर महतराले अहिले व्यापार फस्टाएको बताए । उनका अनुसार अहिले थुपै्र होटल थपिएका छन् ।

शिक्षालय सडक सुविधाको पहुँचमा जोडिए यता जुम्लामा पुग्ने सरकारी अधिकारीदेखि सुरक्षाकर्मी, सर्वसाधारण, सामाजिक अभियान्ता सम्मले अवलोकन गर्ने गरेका छन् । ‘शिक्षालय नै पर्यटकिय क्षेत्र बन्ने धेरैले सोच्न सक्ने विषय होइन, तर बन्यो त्यस्तै ।’ उनले भनिन्, ‘एकातिर पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदैछ, अर्कोतर्फ शिक्षालयलाई शैक्षिक हव बनाउन पनि शिक्षालयले गुरु योजना बनाउने तयारी थालेको छ ।’

प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६     9:02:44 AM  |