14 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

कुपिण्डेमा उद्धार गर्ने अभ्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६  

कोहलपुर ।

सल्यानको कुपिण्डे तालमा आउनेहरुको संख्या बढ्दै गएपछि सुरक्षा निकायहरुले सहकार्य गरेर पानीमा कसरि उद्धार गर्न सकिन्छ भनेर नमुना प्रदर्शन गर्ने भएका छन् । वनगाड कुपिण्डे नगरपालिकामा पर्ने कुपिण्डे तालमा आउने भोली (शुक्रबार) जिल्लाका तीन वटै सुरक्षा निकायहरुले सहकार्य गरेर वाटर रेस्क्यू सम्बन्धी नमुना प्रदर्शन गर्न गइरहेका हुन् ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहकार्य गरेर वाटर रेस्क्यू सम्बन्धी नमुना प्रदर्शन गर्न लागिएको सल्यानका सशस्त्र प्रहरी प्रमुख डिएसपी बिमल डाँगीले जानकारी दिए । अचानक कुपिण्डे तालमा डुंगा दुर्घटना भएमा स्थानिय श्रोत साधनको प्रयोग गरेर तत्काल कसरी सकुशल उद्धार गर्न सकिन्छ भन्ने बारेमा नमुना प्रर्दशनी गर्न लागिएको बताइएको छ ।

‘तालमा डुंगा चलाउदैँ आएका डुंगा चालक र डुंगा शयर गर्ने लगाएतका स्थानियलाई कसरि पानीमा दुर्घटना हुनबाट बच्न सकिन्छ र भइहालेमा कसरि उद्धार गर्न सकिन्छ भन्ने बारेमा नमुना प्रदर्शन गरेरै जानकारि दिने उद्देश्य छ ’ उनले भने ।

तालमा घुम्न आउने पर्यटकहरुको संख्या बढ्दै गएको अबस्थामा त्यहाँ बिभिन्न सम्भावित घटना हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन विशेष नमुना प्रर्दशनी गर्न लागिएको हो । नमुना प्रर्दशनीको लागी आवश्यक पर्ने लाईफ ज्याकेट, हेल्मेट लगाएतका सामाग्रीहरु सुरक्षा निकायसँग छन् । तर जिल्लामा ¥याफ्टिङ बोट भने छैन ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६     7:03:24 AM  |