मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ४, २०७६
कोहलपुर ।
बर्दियाको कर्णाली (गेरुवा) नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका कोहलपुरका दुई युवकको शवं भेटिएको छ । पौडि खेल्ने क्रममा बेपत्ता भएको तीन दिनपछि उनीहरुको शवं फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मृत्यू हुनेमा सल्यान घर भई कोहलपुरका बस्दै आएका १९ वर्षिय दिपेन्द्र कार्की र कैलाली घर भई कोहलपुरमा बस्दै आएका १९ वर्षीय प्रज्ज्वल कोइराला रहेका छन् । साथिहरुसँग नयाँबर्षका दिन आइतबार पौडि खेल्न गएका उनीहरु पौडि खेल्ने क्रममा डुवेका थिए ।
नेपालकै लामो पक्की पुल रहेको कोठियाघाटस्थित नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका थिए । आइतबार दिउँसो पौडि खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको खोजी कार्य जारी राखिएपनी मंगलबार बिहान मात्र शवं फेला पारिएको थियो ।