13 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

राकममा नदी सम्मेलन हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र ११, २०७५  

सुर्खेत ।

कर्णालीमा पहिलो पटक नदी सम्मेलन हुने भएको छ । दैलेखखको आठबिस नगरपालिकाको राकम कर्णालीमा राष्ट्रिय नदी सम्मेलन हुने भएको हो । नदीको क्षमता चेकजाँ, अध्ययन र नदी संरक्षण गर्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलनको आयोजना गरिएको नदी संरक्षण संस्थाका सदस्इ भक्तबहादुर शाहीले जानकारी दिए ।

दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा चैत १५, १६ र १७ गते राष्ट्रिय नदि सम्मेलन आयोजना गरिने भएको छ । करिब तीनसय जतिको देशी विदेशी वैज्ञानिक तथा कर्मचारीहरुको उपस्थिति रहने राकम कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी हुने बताइएको छ । चैत १४ गते वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले उदघाटन गरिसकेपछि टोली राकम कर्णाली तर्फ प्रस्थान गर्ने सदस्य शाहीले जानकारी दिए ।

‘कार्यक्रममा कर्णाली नदिको अवस्था कस्तो छ, कहाँ के–के सम्भावनाहरु छन् भन्ने विषयमा वैज्ञानिकहरुले प्रस्तुति दिनेछन्’ शाहीले भने, ‘विज्ञको टोलीले कर्णाली नदिको चेक जाँच गरेको प्रतिवेदन पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्नेछ ।’ वर्षेनी नदी तटिय क्षेत्र कटान हुँनुका साथै नदीको संरक्षण आवश्यक रहेकोले जोखिम र नदीबाट सुरक्षित तरिकाबाट लिन सकिने लाभका विषयमा छलफल हुनेछ ।

तीनदिन सम्म चल्ने राष्ट्रिय नदी सम्मेलनमा राकम कर्णालीमा ¥याफ्टींङ्ग गरिने छ भने उपस्थित सबैलाई नदी तटको छेउमा टेन्ट लगाएर बासस्थान बनाइने आयोजकले तयारी गरिरहेको छ । यसैबीच चैत ११ गते दिउसो एक बजेदेखि कर्णाली नदिसँग सम्वन्धित फोटोहरु स्थानीय घण्टाघरमा प्रदर्शनमा राखिने आयोजकले बताएको छ । निःशुल्क रुपमा हेर्न पाईने उक्त प्रदर्शनीमा तीनसय भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिनेछ । फोटो प्रदर्शनी चैत ११, १२ र १३ गतेसम्म हुने बताइएको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र ११, २०७५     8:10:03 AM  |