29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

छोराछोरीलाई सक्षम बनाउने सम्बन्धी एक अध्ययन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५  

  • एकराज शर्मा

छोराछोरी आमा बाबुका लागी आफ्नो प्राण भन्दा प्यारा हुन्छन् । उनीहरुको लागी छोराछोेरीले ठुलो भएपछी राम्रो प्रगती गरी लाइनमा लागी सफलता प्राप्त गरी आफ्नो जीवनलाई सहज वातावरणमा जिउन सकुन् भन्ने शुभेच्क्षा हुन्छ । परम्परागत कुल,इज्जत,मानप्रतिस्ठा,धर्मसस्कृती, चालचलनका कुराहरु सहजै रुपमा स्वीकार गरी संरक्षण तथा सम्बर्धन गरुन् भन्ने चाहनाले घेरिरहेको हुन्छ ।

जति नै विग्रे पनि आफ्नो छोराछोरी नै प्यारो लाग्ने यो संसारको नियती नै हो । वागेश्वरी बहुमुखी क्याम्पसका मित्र ललीत प्रकाश चन्दले जी ले रचना गरेको गीत केहि महिना अगाडी युटुव मार्फत बजारमा सार्वजनिक भएको यो कस्तो भगवानको पनि भन्ने कुराले एउटा प्रेम—प्रेमिकाको झ—झल्को देखाएको छ तर त्यस गीतलाई त्यसरी नहेरी फरक आधारमा विश्लेषण गर्दा संसारमा भगवानले हरेक प्राणीले एवम् मानिसलाई फरक फरक नियतीबाट हेरीरहेको कुरामा कसैको फरक मत रहदैन ठिक त्यसरी नै छोराछोरीलाई हेर्ने नियती भने फरक हुदैन आफना छोराछोरीले सानै उमेर देखि प्रगती गरुन् र हरेक आकाक्षाहरु पुरा गरी बुढेसकालमा आफ्नो सेवा गरुन् साहरा बनुन् भन्ने मनमा खड्कीरहेको हुन्छ यो धुर्वसत्य कुरा हो । आफ्ना छोराछोरी कसरी सक्षम बनाउने भन्ने सन्दर्भमा उनिहरुको दिनप्रतिदिन निकै चासो तथा चिन्ता बढिरहेको हुन्छ ।

भारतका प्रख्यात शिक्षाशास्त्री गीजुभाईले शिक्षकका रुपमा आफ्नो पुरापुर समय बालमैत्री शिक्षामा खर्चिएका थिए । आफ्नो शिक्षण पेशाको अनुभव र प्रयोगबाट बालबालीकाहरुको उपयोगी शिक्षण विधिको रुपमा परिकल्पना समेत गरेका थिए । त्यसै गरी आमा बाबुले छोराछोरीको सहि विकासका लागी सहि शैक्षिक वातावरणमा केन्द्रिकृत भइ चौतर्फी ध्यान दिनु पर्ने कुरालाई जोड दिएका छन् । त्यसकारण छोराछोरीहरुको सार्थक सिकाई र सर्वाङ्गीण विकासका लागी घरायसी वातावरणले महत्व राख्दछ । त्यसका लागी घरमा अभिभावक र विद्यालयमा गुरु गुरुमाहरु जिम्मेवार हुनुपर्दछ । छोराछोरीलाई कसरी हुर्काउने ? , कसरी शिक्षा दिक्षा प्रदान गर्ने भन्ने सवालमा निम्न कुरालाई ध्यान दिई उनिहरुलाई स्वयम् आफैले गर्ने वातावरण तयार गर्नुपर्दछ । जसबाट छोराछोरीलाई सक्षम बनाउन सकिन्छ भन्ने कुराको जानकारी हुनु आवश्यक देखिन्छ ।
१) छोराछोरीको आफै काम गर्न सक्ने इच्छाशक्ति हुन्छ त्यसलाई पूरा गरिदिने त्यसमा हस्तक्षेप नगर्ने ।
२) सानो उमेरमा रुमाल धुने, सानो कपडा धुने इच्छालाई पूरा गर्न दिने ।
३) बगैँचा वा विभिन्न ठाउँमा फूलहरु सजाउन,कोठामा कपडा मिलाउन, सरसामान सजाउन दिने ।
४) विभिन्न भाँडामा पानि भर्ने तथा खेल्ने इच्छालाई पूरा गर्न दिने ।
५) भाँडावर्तन,कचौरा,थाली मस्काउन दिने ।
६) केराउ,मटरकोशा,मकै, रामचना लगायत दानाहरु निकाल्न दिने ।
७) खानेकुरा, चिया, मोहि पानि पस्कियर भर्न दिने ।
८) छोराछोरीले इच्छानुसार गर्न चाहेका कामहरु सहज रुपमा गर्न दिने ।
९) उनिहरुका इच्छाअनुसारको काम सहज रुपमा स्वतन्त्र तरीकाबाट गर्न दिने ।
१०) उनिहरुको सिप तथा क्षमताअनुुसारको काममा वाधा व्यवधान सिर्जना नगर्ने । घरमा आमाबाबुले र विद्यालयमा गुरु गुरुमाले उनिहरुको पहिचान गरी विशेष खालको ध्यान दिदै निम्ना कार्यहरुमा गहिरो तरिकाले नियाल्ने गर्नुपर्दछ । जसबाट छोराछोरीलाइ सक्षम बनाउन सकिन्छ ।
१)छोराछोरीको आँखामा अमृत वा विष के छ ?
२) छोराछोरीको बोलीमा नम्रपन,मिठासपन छ वा रुखोपन छ ?
३) स्पर्शमा कोमलता छ वा कठोरपन के छ ?
४) उनीहरुका मनमा शान्ति छ कि भय वा अशान्ति छ ?
५) आदरपन,सम्मानपनको व्यवहार छ कि अनादरपनको व्यवहार छ ?
६) नैतिकता, आचरण,कर्तव्यपन,मानविय व्यवहार छ कि छैन ?
माथिका विविध खालका जिज्ञासाहरुमा अभिभावक र गुरु गुरुमाले ध्यान दिनुपर्दछ यी कुराहरुमा हाम्रा छोराछोरुले पनि त्यसरी नै हामीलाई नियालीरहेका हुन्छन् त्यसकारण यी आमाबाबुले ख्याल गरी सोही अनुसारको व्यवहार देखाउनु अनिवार्य रहन्छ । छोराछोरीलाई निम्न कुराले त्रसीत बनाउँदा मनोवैज्ञानिक असर पर्ने भएकाले यी कुराहरुको राम्रो अध्ययन गर्नु अनिवार्य छ ।
१) जबरजस्ती वा बलजफती सुताउने काम नगर्ने तथा नसुतेमा विभिन्न शब्दहरु जस्तै बाबाजीले कान काट्ने,छोप्ने र पुलिसले पक्रेर लैजाने कुरा नभन्ने ।
२) खाना नखायमा खाए खाउ नत्र चोरले लिन्छ, बाघभालु आउछ, भूतले खान्छ जस्ता शब्दहरु नभन्ने ।
३) चुप लाग नत्र कोठामा एक्लै थुनिदिन्छु भनी त्रास नदिने ।
४) पढ्ने भए पढ नत्र पिट्छु,मार्छु,हान्छु भनी नभन्ने ।
छोराछोरीलाई मायालु भावमा फकाउने,माया गर्ने, नजिक बनाउने जस्ता विविध खालका समस्याबाट मनोवैज्ञानिक असरको अन्त्य कुरामा कसैको दुई मत हुदैन । बाबुआमाले उचित खालको स्थान
दिनुपर्दछ । जसले गर्दा उनीहरुमा पृथ्वी स्वर्ग भएको महसुस हुन्छ । बास्तवमा स्वर्ग छोराछोरीको स्वास्थ्य, उनीहरुको खुसी एवम् प्रशन्नता, निर्दोष मष्तिष्क,उनीहरुको स्वतन्त्रपन,गीत गुनगुनाईमा रहेको हुन्छ । त्यसकारण छोराछोरीको शारीरिक बनावटको आधारमा उपनाम राख्नु हुदैन भने नामाकरणमा विशेष खालको ध्यान पूर्याउनु पर्ने हुन्छ । छोराछोरीको शरीर सानो हुन्छ तर उनीहरुको आत्मा वृहद र महान हुुन्छ । शरीर बढ्दो,शक्ति विकासशिलि,आत्मा पूर्ण हुन्छ । त्यसकारण उनीहरुको आत्मालाई सम्मान गर्ने रीति विधिबाट दुषित हुने वातावरणको अन्त्य गर्ने । बालबालीकाहरु सम्पूर्ण मनुष्यका खाका हुन् । उनीहरुमा बुद्धि, भावना, मन, बुझाइ, अभाव, रुचि, इच्छा, अनिच्छा, वोध, अवोध, दोष, निर्दोष गुणहरु रहेका हुन्छन् । त्यसकारण उनीहरुलाई तिरस्कारको व्यवहार गर्नु हुदैन । छोराछोरीलाई आफै खाना, नुहाउन, खेल्न, डुल्न, खेल्न र गुनगनाउन दिनु पर्दछ ।

तर त्यस कार्यमा अभिभावकले हस्तक्षेपको भूमिका निर्वाह गर्नुहुदैन । जसबाट सिर्जनात्मक एवम्र क्रियात्मक विकासमा असर गर्दछ भने छोराछोरीमा स्वावलम्विपन हराउँदछ ।
छोराछोरीलाई नयाँ ठाउ, परिवेश, नाचगान, मेलापर्व, जात्रा, बगैँचामा लिने चिडियाखानामा लिने अखबार होइन । उनीहरुको तर्क र बोली र कुरामा ध्यान दिने राति सुत्ने वेलामा राम्रा राम्रा कथा सुनाइ छोराछोरीका हरेक कार्यमा विशेष चासो राख्ने काम गर्नु पर्दछ । छोराछोरीको आत्मासम्मान गर्ने,गालीगलौच नगर्ने,नपिट्ने,नहकार्ने,काम बाट टाढा रहनु पर्दछ । जसले गर्दा छोराछोरीमा जोस जाँगर हुने हुन्छ भने यसको प्रयोग गर्दा सर्वाङ्गीण पक्षमा ह्रास आउँछ । घरमा अभिभावक तथा विद्यालयमा गुरु गुरुमाले बुझ्ने, लोभ मोह नदेखाउने,नपिट्ने,नहकार्ने काम गर्नु पर्दछ । किनभने त्यसो गर्दा उनीहरु उग्र हुने,लालचि हुने, बिग्रने,निर्लज्ज हुने जिद्धिवाल बन्ने तथा अटेरी समेत हुने व्यवहार देखिन्छ ।
बालबालीकाको सुन्दर संसार घर हो, र सुन्दर मन्दिर विद्यालय हो । आमाबाबु,घरपरिवार,गुरु गुरुआमा,घर विद्यालय केटाकेटीको लागि ठुला तथा शक्तिशाली नाता,चिज हुन् । त्यसकारण घरमा विगारेका छोराछोरीहरुलाई भगवानले पनि सुधार्न सक्ने स्थिति हुदैन । छोराछोरीलाई प्रकृतीको नजिक लिने,उज्यालो चन्द्रमाको प्रकाश,कलकल बग्ने खोला,खेतको बारीको माटो, परालको घर, पहाडको दुर्गा,आकाशे रंग, खुल्ला हावाको अनुभव र अनुभूति गराउनुपर्दछ । बालबालीका गतिमान हुने, उनीहरुले प्रश्नगर्ने,हृदय बोलीरहने,व्याकरणमा पूर्णविराम नहुने,निरन्तर गतिमूलक हुने र अल्पविराम समेत हुदैन ।

घरमा हो—हल्ला झै—झगडा छोराछोरीको अगाडी नगर्ने, मिजासिलो शान्त वातावरण तयार गर्ने,खुशीपन देखाउने,भावनाले ओतप्रोत देखाउने,शान्तसुखी र रमणीय वातावरण तयार गर्ने,घरायसी व्यवहारहरु आदन—प्रदान गरी खुलस्त पार्ने काम गर्दा व्यवहारीक हुने गर्दछन् । पुस्तक पढ्न रुचाउने शिक्षक,बच्चालाई पढेर ज्ञान प्राप्त गर्ने,शिक्षाशास्त्री चासो तथा सिर्जन गर्ने वैज्ञानिक हुने,जिज्ञासा पत्रकार,अन्वेयषणवाला भूगोलविद्, किनवेच गर्ने,उद्योगी,व्यापारी हुनेगर्दछन् । त्यो कुरालाई ध्यान दिने । बालबालीकाहरु धोका नदिने अरुलाई मूर्ख बनाएनी छोराछोरीलाई नबनाउने, छोराछोरीलाई कुनैकुरा नलुकाउने,सर्वस्व एवम् सर्वव्यापी बनाउने वातावरण तयारगर्ने,शिक्षाको नयाँ—नयाँ मन्दिर तयारगर्ने,सरस्वतीको मन्दिर तयारगर्ने,बालबालीकाहरुलाई नयाँ पुगेको आरम्भ गर्ने,गफ नगर्ने तर मायाममता मात्र निर्माण गर्ने ।

बालबालीकाहरुले घरमा पिटाइ विद्यालयमा गाली गर्दा नैराश्यता हुन्छ । उनीहरुका लागि विद्यालय,पुस्तकालय बगैँचा,खेलमैदान तयारगर्ने,प्रेमदिने,नयाँ जीवन तथा ज्ञानदिने,आफुसंग बसेर पढाउने र आफूले पढ्ने,घरमा आधुनिक प्रविधिको व्यवस्था गरिदिने,विद्यालयमा बालमैत्रीपूण, अपाङ्गमैत्री, साथित्वको भावना मूलक वातावरण तयार गर्ने । समय—समयमा निर्देशन,मार्गदर्र्शन प्रदान गर्ने उनीहरुको शारीरिक, मानसिक, सामाजिक, क्रियात्मक, संवेगात्मक र भाषिक विकासको लागि विविध खालको वातावरण तयारगरी २१ औँ शताब्दीमा पनि बाबुआमा,आफन्त शुभचिन्तक लगायत अथितीहरुको सम्मान गर्ने र सातालाई माया र ठुलाको आदरगर्ने खालको,नैतिकवान्,चरित्रवान हुने किसीमको वातावरण घर तथा विद्यालयमा हुनु जरुरी छ । नोट ः लेखकले विगत ८ वर्षदेखि विश्वविद्यालयका द्यबतअजभिच बलम
Batchler and Master Level ma Educational psychology
उकथअजययिनथ मनोविज्ञान विषय पढाउदाको अनुभवलाई उल्लेख गरीन्छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५     8:26:15 PM  |