सुर्खेत, ०१ फाल्गुन, सामुदायिक रेडियो प्रसारक संघ नेपालको राष्ट्रिय सम्मेलन सुर्खेतको विरेन्द्रनगरमा आजबाट सुरु हुँदैछ । विश्व रेडियो दिवसको अवसर पारेर आजबाट सुरु हुने संघको सम्मेलन भोलीसम्म चल्नेछ ।
सामुदायिक रेडियो प्रसारक संघ नेपालभरका सामुदायिक रेडियोहरुको संगठन हो । दुई दिनसम्म चल्ने सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धि त्यसका चुनौतिहरु, आगामि बाटोको बिषयमा छलफल हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुवास खतिवडाले जानकारी दिए ।
रेडियोको विषयमा बन्ने कानुन, रेडियोले सरकार र नागरिक प्रति कसरी जभावदेहि हुने भन्ने बिषयहरु पनि छलफल हुने उनको भनाई रहेको थियो । सम्मेलनको एक भव्य समारोहको बिच संघिय सरकारका सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्ने बताइएको छ ।
सम्मेलनमा देशैभर रहेका करिब तीन सय पचास सामुदायिक रेडियोका अगुवा, अभियन्ता, विभिन्न नागरिक संगठन, विभिन्न राजनितिक दलका नेताहरुको उपस्थिति रहने छ । सम्मेलनको सम्पूर्ण पूरा भइसकेको आयोजकले जनाएको छ ।