13 July 2024  |   शनिबार, असार ३०, २०८१

लागुऔषध विरुद्धको सप्ताहव्यापी अभियान सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५  

कोहलपुर/२३,  बाँकेको कोहलपुरमा लागुऔषध दव्र्यसनी विरुद्ध सप्ताहव्यापी सचेताना कार्यक्रम सञ्चालन गरिएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा शनिबारदेखि सो अभियान सञ्चालन गरिएको हो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार कोहलपुरमा प्रभातफेरी निकालिनुका साथै लागुपदार्थ दुव्र्यसनी विरुद्ध सचेतनामूलक सडक नाटक समेत प्रर्दशन गरिएको गरिएको थियो । कोहलपुर चौराहाबाट प्रारम्भ भएको प्रभातफेरी नगरका विभिन्न भाग परिक्रमा  गर्दै पुनः कोहलपुर चौराहमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै कोहलपुर नगरकार्यपालिकाका प्रमुख लुट बहादुर रावतले अभिभावकहरुले आफ्ना बालबालिकालाई समय दिन नसक्दा उनीहरु त्यसको सिकार हुने गरेको बताए । अभिभावकहरुले बालबालिकाहरुलाई समय दिन नसक्दा नै लागुऔषधी दुव्र्यसनीको दलदलमा फस्ने गरेको प्रमुख रावतको भनाइ  थियो । बालबालिकाको चालचलन आनिबानीलाई सुक्ष्म रुपमा अध्ययन गरि लागुपदार्थ दुव्र्यसनको कुलतबाट छुटकरा दिलाउन अभिभावकहरु चनाखो हुनुपर्ने भन्दै उनको भनाइ थियो ।

साथै लागु औषध दुबव्य्यसन विरुद्वको अभियानमा सहभागी हुन सबैलाई आव्हान समेत गरे । कार्यक्रममा कोहलपुर नगरपालिका विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंह, इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, सामुदायिक प्रहरी कोहलपुरका अध्यक्ष नारायण गौंडेल, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, नेपाल प्रहरी, शशस्त्र प्रहरी, निजामती कर्मचारी, निजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु लगायतको सहभागी रहेको थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५     12:24:17 PM  |