जिपले ठक्कर दिँदा एकको मृत्यु



सल्यान/   सुर्खेत सिम्तागाउपालिका–४ मसतरा सुकेताल नजिकै सुर्खेत जामुनेदेखि जाजरकोट जाँदै गरेको भे १ ज ८४० नम्बरको जिपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नजिकैको ठाटिको मेला ( जात्रा) हेर्न जाने भनि बाटोमा हिडिरहेका सोही ठाउँका पैदल यात्री वर्ष २१ का वकिल खड्काका घटना स्थलमै मृत्यु भएको हो भने अर्को सोही ठाउँका लाल बहादुर नेपाली भने घाइते भएका हुन् ।

घाइते नेपालीलाई उपचारको लागि नेपालगन्ज लगिएको इलाका प्रहरी कार्यालय बादेपिपल राकमका प्रमुख श्याम शाहले जानकारी दिएका छन् । उक्त सडमा १२ गते मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । छिन्चु जाजरकोट सडक खण्डमा सडक दिन प्रती दिन घटना बढदै गइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १९ गते बुधबार