गायक नविन पौडेलको देउडा गित ‘घर मेरो सुदूरपश्चिम’ सार्वजनिक



कोहलपुर/  दोहोरी गायक नवीन पौडेलको लोक देउडा गीत ‘घर मेरो सुदूरपश्चिम’को धनगढीमा विमोचन गरिएको छ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले गीतको विमोचन गरेकी हुन्। मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पौडेलको गीत कोशेढुंगा बन्ने विश्वास व्यक्त गरिन्।

‘झिममिला ताल कञ्चनपुर रंग फेर्छ महिना महिनामा, आफैँमा दंग पर्दो हो हेर्ने पाए ऐनामा, यहि हो सुन्दरपश्चिम…यहि हो सुन्दरपश्चिम… , तपाईं मेरो यो सेरोफोरो कैलाली घर मेरो ओइ सुवा कैलाली घर मेरो’ शब्दहरू दोहोराउँदै मन्त्री भट्टले भनिन्, ‘यी शब्दमा सुदूरपश्चिम प्रदेशको मैलिकता झल्कन्छ।’

सुदूरपश्चिम सुन्दर भएर पनि ओझेलमा परेको बताउँदै मन्त्री भट्टले गीत संगीतको माध्यमबाट प्रदेशलाई चिनानु पर्ने बताइन्। एल्वम विमोचन कार्यक्रममा गायक पौडेलले देउडा गीतमार्फत् सुदूरपश्चिम प्रदेशका कला, संकृति र पर्यटनलाई विश्वभर चिनाउने अभियान थालेको बताए। ‘सुदूरपश्चिममा गायिने र गुनगुनाइने गीतलाई मैले बजारमा ल्याएको हुँ’ गायक पौडेलले भने।

पृथ्वी इन्टरटेन्मेन्टमार्फत् बजारमा ल्याइएको गीतमा स्वर नवीन पौडेल र सम्झना भण्डारीको छ। लय नवीन पौडेलको हो। शब्द दिग्गज धौरालीले कोरेका हुन् भने छायांकन राजेश घिमिरेको हो। निर्देशक प्रकाश भट्ट हुन्। गीतका सम्पादक विष्णु शर्माले गरेका छन्। -Nepalipatra

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १७ गते सोमबार