बर्दिया ।
बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले वडा अध्यक्षमा खाता खोलेको छ ।
बाँसगढी नगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका जयराज पाण्डेसहित उनको पुरै प्यानलै विजयी भएको हो ।
वडा नं १ मा जम्मा १ हजार २ सय ६० मत खसेको थियो । त्यस मध्ये ६ सय १५ मत ल्याएर पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन बहादुर बुढालाई ३ मतको अन्तरले हराएर विजयी भएका हुन् ।
पहिलो स्थानीय तह निर्वाचनमा पनि बाँसगढी नगरपालिका वडा नं १ बाट पाण्डे वडाध्यक्ष पदमै निर्वाचित भएका छन् ।
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार
प्रतिक्रिया दिनुहोस्