सकियो एकादशी मेला



 

कोहलपुर ५ मंसिर/बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ लालपुरमा सोमबार देखी सुरु भएको लालपुर एकादशी मेला २०७५ मंगलबार सम्पन्न भएको छ । प्रत्येक वर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्ने सो मेला २ दिन सम्म संचालन भएको थियो । न्यु जर्नी युथ क्लबको व्यवस्थापनमा संचालन गरिएको सो मेलामा परम्परागत लहरे,टप्पा नृत्य,तथा मयुर नाच,पञ्चेवाजा लगायतका झाँकीहरु प्रस्तुत गरिएको मेला आयोजक समितका संरक्षक दिल विश्वकर्माले बताए ।

मेलाको अवसरमा मंगलबार विविध सांंस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । सांस्कृति पस्तुति हर्ने दर्शकहरुको घुइचो लागेको थियो । मेलामा विभिन्न खेल तथा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । मेलामा बाँके र बर्दियाका दर्शकहरुले आफ्ना मौलिक संस्कृतिकहरु प्रस्तुत गरेका थिए ।

मेलामा विभिन्न खाजानास्ता,फलफुल,खेलौना गरी करिब २ सय ७५ वटा स्टलहरु समेत राखिएको बताईएको छ । मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न थुप्रै स्वयमसेवक हरु परिचालन गरिएको थियो । केही समय अघि सम्म बर्दियाको महादेवामा लाग्ने गरेको सो मेला केही वर्ष यता न्यु हरियाली सामुदायिक वनको खेल मैदानमा लाग्ने गरेको छ । मेलामा बाँके र बर्दियाका थुप्रै स्थानीयहरु अवलोकन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर ५ गते बुधबार