कोहलपुर/ चर्चित लोक दोहोरी गायक कमल बिसी माल्दाइले तिहारको मौका पारी नयाँ झ्याउरे गीत सार्वजनिक गरेका छन् । ‘मेरो माया कता छ कुन्नी’ बोलको निकै उत्कृष्ट झ्याउरे गीत उनले आफ्नै युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक गरेका हुन् ।
फरक आवाज भएका गायक बिसीले आफ्नै जन्मभूमी बर्दियामा गएर यस गीतको सुटिङ्ग गरेका हुन् । बर्दियाको बाँसगढी–६ दमौली र कर्णाली चिसापानीमा सुटिङ्ग गरिएको यस गीतको म्युजिक भिडियो निकै नै उत्कृष्ट बनेको छ ।
बर्दिया बाँसगढीका सफल ब्यवसायी तथा समाजसेवी शंकर शर्मा, राजु सुवेदी र ईन्द्रजित बुढाक्षेत्रीको ब्यवस्थापन र सकृयतामा यस गीतको सुटिङ्ग गरिएको हो ।
गायक बिसी र तुलसी घर्ती मगरको आवाजमा रहेको यस गीतमा स्वयं गायक कमल बिसी माल्दाई, विक्रम चौहान, करिश्मा सिंह, सुस्मिता शाही र संदिक्षा केसीले उत्कृष्ट नृत्य तथा अभिनय गरेका छन् ।
विक्रम चौहानको निर्देशन रहेको यस गीतको छायाँकन धनश्याम चौधरी (जि स्माईल)ले गरेका हुन् भने सम्पादन मिलन बिक र पदम सुबेदीले गरेका हुन् ।
पर्यटकिय क्षेत्र बर्दिया र सुर्खेतको सिम्तालाई समेटिएको यस गीतमा प्रेमी प्रेमिका बिचको रमाइलो भेटघाट र कुराकानीलाई देखाउन खोजिएको छ । कमल सिम्ताली र डम्मर मल्लको प्रस्तुति रहेको यस गीतको शब्द, लय तपिकुमार सिंह ठकुरीको रहेको छ ।









प्रतिक्रिया दिनुहोस्