बर्दिया/ नयाँ शक्ति नेपालको नगर सरसफाई सप्ताह अन्तरगत शनिबार लक्ष्मणामा सरसफाई गरिएको छ ।
नगर सरसफाई सप्ताहको दोस्रो चरण अनुसार बाँसगढीको लक्ष्मणा बजार, मन्दिर परिसर, अस्थाई प्रहरी पोष्ट लक्ष्मणा परिसर र राजमार्ग वरिपरि सरसफाई गरिएको सरसफाई अभियन्ता कृष्ण पौडेलले जानकारी दिए ।
नयाँ शक्ति पाटी नेपाल बाँसगढी नगर कमिटीले सरसफाईबाट नागरिकहरुको स्वास्थ्यमा परिवर्तन गर्दै सुन्दर र समृद्ध समाजको परिकल्पनाका निम्ति कार्तिक ९ गते देखि नगर सरसफाई सप्ताह सुरु गरेको थियो ।
सरसफाई कार्यक्रममा राष्ट्रिय युवा शक्ति प्रदेश न. ५ का प्रदेश संयोजक बिपिन पौडेल, सरसफाइ अभियन्ताहरु कृष्ण पौडेल, नारायण पौडेल, होमनाथ अधिकारी, दिपिल पंगेनी, अस्थाई प्रहरी पोष्ट लक्ष्मणाका प्रहरी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।
नगर सरसफाई सप्ताह कार्यक्रमको निरन्तरता गर्दै दोस्रो चरणको सरसफाई लक्ष्मणामा गरिएको जनाईएको छ । सरसफाई सप्ताह अन्तरगत हप्ताको एक दिन नगरपालीका भित्र रहेका कुनै न कुनै स्थानमा सरसफाई कार्यक्रम गरिने जनाईएको छ ।