बालश्रम अन्त्यका लागि कचहरी नाटक



नेपालगन्ज/  नेपालगन्ज उपमहानगरपालिकाका वडा नम्बर २२ को किंगरियनपुरवामा बालश्रम अन्त्यका लागि जनचेतना जगाउने उद्देश्यले कचहरी नाटक प्रर्दशन गरिएको छ ।

बालश्रमको अन्त्य गर्ने, हरेक बालबालिकाहरुलाई विद्यालय पठाउन अभिभावकहरुलाई सचेत गराउने, जोखिममा रहेका बालबालिकाहरुको तत्काल उद्धार गरी उनीहरुको संरक्षण गर्ने लगायतका विषयमा सो कचहरी नाटक केन्द्रित रहेको थियो ।

नाटक प्रर्दशन स्थलमा नाटक हेरिरहेका दर्शकहरुले निकै अभिरुचिका साथ हेरेको र कचहरी नाटक अन्य नाटक भन्दा फरक र जनचेतना दिने खालको रहेको उनीहरुले प्रतिक्रिया दिएका थिए ।

कचहरी नाटकमा कलाकारहरु रबिन्द्र बोहरा, अन्जना चर्तुबेदी, देवाबहादुर क्षेत्री, शोभा थापा मगर, मिनु गुप्ता, जनक थापा, साबुद्दीन हलवाईले अभिनय गरेका थिए । कचहरी नाटकको क्रममा वडाका पदाधिकारी, बासका हेमराज भट्ट, रुपा चौधरी, सिन्दु धर्कत्यालगायतको उपस्थिति रहेको कचहरी नाटकमा झण्डै ३ सय बढी स्थानीयहरुले अवलोकन गरेका थिए ।

युनिसेफ नेपालको सहयोग, नेपालगन्ज उपमहानगरपालिका र सिविस नेपाल काठमाण्डौको समन्वयमा बासद्वारा सञ्चालित ब्यवहार परिवर्तन सञ्चार कार्यक्रमअन्तरगत कचहरी नाटकको प्रर्दशन गरिएको हो । बासले उपमहानगरपालिकाका ११ वटा वडामा व्यवहार परिवर्तन सञ्चार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक १७ गते शनिबार