3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

बैजनाथमा आजबाट मैत्रीपुर्णं फुटबल प्रतियोगिता हुने

कविन्द्र परियार
प्रकाशित मितिः शनिबार, कार्तिक १०, २०७५  

कविन्द्र परियार/कोहलपुर १० कार्तिक ,बाँकेको बैजनाथ गाउँपालिका—६ मा सातौं मैत्रीपुर्ण फुटबल प्रतियोगिता २०७५ आज शनिबार बाट सुरु हुने भएको छ । न्यु जर्नी युवा क्लब बैजनाथको आयोजनामा हुने प्रतियोगिताको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले उद्घाटन गर्ने कार्यक्रम रहेको क्लबका संरक्षक तथा आािर्थक विभाग संयोजक दिल विश्वर्माले जानकारी दिए ।

न्यू हरियाली सामुदायिक वनको खेल मैदानमा हुने प्रतियोगितामा विभागीय टिम तथा विभिन्न क्लबहरु गरी ३६ वटा टिमहरुलाई सहभागीताका पत्रचार गरिएको र २२ वटा टिमहरुले नाम दर्ता गराई सकिएको आयोजकले जनाएको छ। खेलमा प्रथम हुनेलाई नगद ७५ हजार ५ सय ७५ र द्धितिय स्थान प्राप्त गर्नेलाई नगद ५१ हजार १ सय ११ रुपैया ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष भुपाल पुन मगरले बताए ।

नकआउट सिस्टमबाट खेलाइने प्रतियोगितामा बैजनाथ गाउँपालिकाका ८ वटै वडाध्यक्षहरुको नेतृत्वमा ३० देखी ४५ वर्ष सम्मका खेलप्रेमी खेलाडीहरुको सहभागीता हुने र विजेतालाई १ वटा खसी समेत उपहार प्रदान गरिने भएको छ । कार्तिक १९ गते सम्म संचालन हुने खेलमा चर्चित नृत्यागंना आरुषी मगर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृति प्रस्तुतिहरु समेत प्रस्तुत गरिने बताइएको छ प्रतियोगिताको सम्पुर्ण आवश्यक तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक १०, २०७५     10:33:27 AM  |