26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

दशैँमा पाँच केजी चामल पाइएन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५  

हुम्ला/  बडादशैँका लागि सर्वसाधारण जनताले नेपाल खाद्य संस्थानबाट पाँच केजी चामल पनि पाउन सकेनन् । स्थानीयवासीले दशैँजस्तो ठूलो पर्वमा पनि चामल नपाउँदा नेपालगञ्जबाट आटोको रोटी पकाएर खान बाध्य भएको स्थानीयवासी गङ्गाबहादुर शाहीले जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं नेपाल खाद्य समितिका अध्यक्ष दानबहादुर राउतले पटक पटक बैठकमार्फत केन्द्रसँग १५ हजारदेखि २० हजार क्वीन्टलसम्म माग गरे पनि जिल्लाका हाल ६ हजार क्वीन्टल मात्रै पाइएको बताए । नेपालगञ्ज र सुर्खेतमा रहेका मकालु, तारा, सीता र उमा एयरले ढुवानी नगर्दा चामल नेपालगञ्ज र सुर्खेतमै थन्किएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढु्ङ्गानाले भन्नुभयो, “अञ्चल विभाग र आपूर्ति मन्त्रालयमा पत्राचार गरिसकिएको छ, दशैँमा नपाए पनि सर्वसाधारण जनतालाई १० केजीदेखि १५ केजीसम्म दिन पाए हुम्लीहरूले भाइटीका मनाउन पाउने थिए । ” I

प्रकाशित मितिः बुधबार, कार्तिक ७, २०७५     7:22:48 PM  |