बर्दिया/ प्रथम लक्ष्मणपुर जिल्ला स्तरिय फुलबल प्रतियोगितामा जारी छ । १५ गते देखि भएको प्रतियोगितामा शुक्रबार पाँचौँ दिन ४ खेल भएका छन् ।
बिहान १० बजेदेखि सुर्य चन्द युवा क्लव राँझा बि र हरियाल संरक्षण विकास युवा क्लव बेलौली बि टिम बिच भएको खेलमा १ का विरुद्ध २ गोलले राँझा विजयी भएको छ ।
त्यस्तै दोस्रो खेल १२ बजेदेखि सहयोगी पाईला समाजिक संस्था गुलरिया र द राईजिङ कालिका युवा क्लव सितलाबजार बिच भएको खेलमा १ का विरुद्ध २ गोलले शितलाबजार पराजित भएको छ ।
तेस्रो खेल २ बजे देखि बाँसगढी फुटबल क्लव बाँसगढी र माछागढ युवा क्लव माछगढ बिच भएको थियो । जसमा ३ का बिरुद्ध २ गोलले माछागढ विजयी भएको छ ।
अन्तिम ४ बजेदेखि भावी योजना युवा क्वव बठुवा र सुर्खेती फ्रेन्ड युवा क्लव भैसासुर बिच भएको खेलमा १ का विरुद्ध ४ गोलले बठुवा विजयी भएको सचिवालय सदस्य जनक थारु जनाए ।
आज (शनिबार) २० गते बिहान १० बजे देखि खल्ला मैनापोखर र भगरा, दोस्रो १२ बजेदेखि दमौली र भगतपुर, तेस्रो खेल २ बजे देखि दमौली र कतर्निया र अन्तिम खेल ४ बजेदेखि दक्षिणभकारी र तुल्सीपुर बिच खेल हुने आयोजकले जनाएको छ । बेलटारी युवा क्लव लक्ष्मणपुको आयोजनामा भएको खेल २८ गते सम्म सञ्चालन हुने छ ।