मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ १३, २०७५
कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिका—५ का शिवास्य थारु चीन सरकारको छात्रवृत्तिमा एमबिबिएस पढ्न जाने भएका छन् ।
देशभरबाट उत्कुष्ट छात्रका रुपमा उनी छनौट भएर चीनमा पढ्न जाने भएका हुन् । वेष्र्टन मावि कोहलपुरमा १ कक्षादेखि १० सम्म अध्ययन गरेका थारुलाई सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल र नेपालका लागि चिनियाँ राजदुत यु होङले छात्रवृत्ति प्रदान गरेका थिए ।
२०७१ सालमा प्रवेशिका परीक्षा उतिर्ण गरेका उनले गोल्डेनगेट कलेजबाट प्लसटु उतिर्ण गरेकका थिए । उनलाई वेष्र्टन माविका प्रीन्सिपल उमेश श्रेष्ठले शिवास्यले छात्रवृत्तिमा एमबिबिएस पढ्न जाने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गरे ।
प्रत्येक वर्ष चिनियाँ सरकारले छात्रवृत्ति प्रदान गर्ने गरेको छ । यस अघि देशका १ सय ६० जना विद्यार्थीले छात्रवृत्ति पाइसकेका छन् ।