ज्ञानोदय सामुदायिक पुस्तकालयमा तालाबन्दी



कोहलपुर/ बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको विवाद चर्किएको छ । पुस्तकालय जस्तो पवित्र संस्थामा चरम गुटबन्दी हाबी भएको भन्दै संस्थाका आजिवन सदस्यहरु आन्दोलनमा उत्रिएका छन् ।

पुस्तकालयको हालको कार्यसमितिले पुस्तकालयमा राजनितिकरण गर्न खोजेको उनिहरुले आरोप लगाएका छन् । लिलबहादुर रानाको नेतृत्वमा रहेको बर्तमान कार्यसमितिको बैधानिकता समाप्त भईसकेपनि पुस्तकालय कब्जा गर्ने उद्धेश्यले चरम गुटबन्दी सुरु गरिएको पुस्तकालयका आजिवन सदस्य राजेन्द्र विष्टले बताए ।

अधिकाशं आजिवन सदस्यहरुको बहिस्कारका बाबजुत गत शनिबार एकपक्षिय रुपमा १७ औं साधारण सभाको उद्घाटन सत्र चलेपनि बन्द सत्र बिना नै साधारणसभा सकिएको थियो । साधारण सभा र निर्णय विपरितका साधारण सदस्यहरुको विवादका बिच पुस्तकालयले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विवादले नयाँ रुप लिएको छ । सदस्यता वितरणमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दर्ता गरिएपनि त्यसको छिनोफानो नहुँदै निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको भन्दै उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।

शनिबार अपरान्ह पुस्तकालयको विवाद नसुल्झाई निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै आजिवन सदस्यहरु राजेनद्र विष्ट, मायाँ गौतम, खेमराज शर्मा, बलबहादुर खड्का, हेमन्त भट्टराई, गंगाराम चालिसे लगायत आजिवन सदस्यहरुको ठुलो समुहले निर्वाचनको कार्यक्रम रोक्नुपर्ने माग सहित पुस्तकालयमा तालाबन्दी गरेका छन् । निर्वाचन मण्डलले आप्mना कुरा सुनुवाई नगरि एकपक्षिय रुपमा निर्वाचन तालिका सार्वजनिक गरेपछि शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनिहरुले पुस्तकालयमा अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।

यस विषयमा पुस्तकालयका अध्यक्ष लिलबहादुर रानासँग बुभ्mदा जिल्ला प्रशासन कार्यालय बाँकेमा परेको उजुरीको विषयमा जिल्ला प्रशासन कार्यालयबाट विवाद टुङ्ग्याई प्रक्रिया अगाडि बढाउन निर्देशन भएको बताए । उनले भने, ‘१५० बढि निर्णय बिपरितका साधारण सदस्यहरुको विवाद टुङ्ग्याउने बारे पटक–पटकको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको छ ।’

साधारणसभा अगावै निर्णय विपरितका साधारण सदस्यहरु खारेजीको विषयमा पुस्तकालयका आजिवन सदस्यहरुले पुस्तकालयमा ज्ञापन पत्र र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । ज्ञापन पत्र बुझाउने मध्येका एक तेजप्रसाद चापागाँईले अबैध रुपमा वितरण गरिएका साधारण सदस्यहरुको सदस्यता खारेजी नभई कुनै प्रक्रिया अनुरुप शनिबार पुस्तकालयमा तालाबन्दी गरिएको बताए ।

निर्वाचन प्रक्रियाबारे निर्वाचन कमिटिका संयोजक जयप्रसाद पौडेलसँग बुभ्mदा पुस्तकालयमा सदस्यता विवादका कारण तालाबन्दी भएकाले विवादको समाधान र ताला नखुलेसम्म चिर्वाचन प्रक्रिया अगाडी नबढाउने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहीबार