8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

सञ्चारकर्मी मिलन मोडल क्षेत्रमा परिचित बन्दै

रावन विश्वकर्मा
प्रकाशित मितिः शनिबार, साउन १९, २०७५  

बर्दिया/   बाँससगढी नगरपालिका–३ बेलवा निवासी मिलन बिक मोलड क्षेत्रमा परिचित बन्दै गएका छन् । सञ्चार क्षेत्रसँगै मोडल क्षेत्रमा प्रवेश गरेका उनले अहिले दर्जन भढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

बाँसगढी स्थित रेडियो गुर्बाबा एफएम ८९.७ मेगाहर्जमा गजलमय रात कार्यक्रम सञ्चालन गरी सञ्चारकर्मी मिलनको रुपमा स्थापित उनी अहिले साँगितिक क्षेत्रमा पनि सञ्चारकर्मी मिलनको रुपमा परिचित बन्दै छन् । तिजको म्युजिक भिडियो ‘पुतली झै तिमलाई नचाउला’ बोलको गितबाट मोलड क्षेत्रमा उनले प्रवेश गरेका थिए ।

उनले अभिनय गरेका पुतली झै तिमलाई नचाउला तिज गित र काली होेसकी गोरी होस रोईला गितको म्युजिक भिडियो र सट मुभि पागल प्रेमी बजारमा उपलब्ध छन् । उनले खेलेको आभार एल्बममा सजिएको ‘ढकमक्क फुलै फुल्यो तिम्रो फुलबारीमा’ बोलको गितको म्युजिक भिडियो बागेश्वरी म्युजिक प्रालिको सहयोगमा याल्डमुन मिडियाबाट छिटै बजारमा आउँदै छ । ‘ढकमक्क फुलै फुल्यो तिम्रो फुलबारीमा’ बोलको म्युजिक भिडियोमा उनले अभिनयसँगै आफै कोरियोग्राफि समेत गरेका छन् ।

त्यस्तै उनले अभियन गरेका म्युजिक भिडियो गायक बन्ने ईच्छा, सुर्खेत बुलबुले जाँउला, मेरो त यो जिन्दगी रुदा रुदै बित्यो, सल्लाघारीमा मायाँ रातो सारीमा, सम्झीएर रुन मन लाग्यो सानु लगायतका म्युजिक भिडियो बजारमा आउने तयारीमा छन् । स्थानीय स्तरबाट मोडल क्षेत्रमा लागेका सञ्चारकर्मी मिलन भनेर अहिले नेपालमा मात्रै नभएर विदेशमा पनि चर्चा हुने गरेको छ । उनले स्थानीय स्तरमा हुने साँगितिक कार्यक्रमसँगै भारतमा समेत आफ्नो प्रस्तुति देखाई सकेका छन् ।

उनी भारतको मुम्बई र नासिकमा त्जभ मचभबm ब्अजष्भखभ थ्यगतज अयिद ले आयोजना गरेको साँगितिक कार्यक्रममा उद्घोषकसँगै मोडलको रुपमा आफ्नो नाम स्थापित गरिसकेका छन् । उनी उद्घोषन, मोडलसँगै हाँस्य ब्यङग्य क्षेत्रमा पनि अब्बल छन् । साँगितिक क्षेत्रमा प्रवेश गर्नमा राष्ट्रिय लोकदोहोरी गायक तथा मोडल कमल बिसी माल्दाईको साथ र सहयोगबाट आफू यहाँसम्म आएको उनको भनाई छ । मोडल क्षेत्रलाई नै आफ्नो जिवन सम्झने सञ्चारकर्मी मिलनले यस क्षेत्रमा अझै निरन्तर अगाडि बढ्दै जाने बताएका छन् । अहिले आफुलाई धेरै ठाँउबाट म्युजिक भिडियो खेल्न माग हुने गरेको उनी बताउँछन् । -प्रस्तुति : रावन बिश्वकर्मा

प्रकाशित मितिः शनिबार, साउन १९, २०७५     8:06:32 AM  |