बर्दिया/ बाँसगढीमा छाडा पशु चौपायको समस्या व्याप्त रहेका बेला बाँसगढीमा हल गोरु छोड्ने एक जना पक्राउ परेका छन ।
बाँसगढी नगरपालीका वडा नम्बर ९ लक्ष्मणा तिनकठुवा सुकुम्बासी टोल बस्ने राजाराम थारु बुधबार राती पक्राउ परेका हुन । थारुले हल गोरु बाँसगढी ४ र ५ वडाको सिमानामा पर्ने मिलन चोक नजिकै छोड्न लागेको अवस्थामा स्थानियहरुले फेला पारी प्रहरी कार्यालयमा बुझाई बाँसगढी नगरपालीकालाई जानकारी गराएका थिए ।
जानकारी पाँउन साथ नगरपालीकाले प्रचललित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउन ईलाका प्रहरी कार्यालय बाँसगढीलाई लिखित पत्राचार गरिसकेको जनाएको छ ।
पक्राउ परेका थारुलाई ईलाका प्रहरी कार्यालय बाँसगढीमा राखिएको र आबश्यक सोधपुछ भईरहेको प्रहरी नायव निरिक्षक झक्कु पौडेलले जानकारी दिएका छन ।
छाडा पशु व्यवस्थापनका लागि नगरपालीकाले आन्तरिक रुपमा संयमसेबक परिचालन गरी गोप्य रुपमा पशु छाड्नेहरुको लगत संकलन कार्य सुरु गरेको नगर प्रमुख सालिकराम अधिकारीले बताए ।
बाँसगढीमा छाडा पशु चौपायहरुको समस्या समाधान गर्न नगरपालीले कार्य तत्काल अगाढी बढाई सकेको र केही दिन भित्र समस्या समाधान हुने जनाईएको छ ।
नगरपालीकाले बाँसगढी क्षेत्र भित्र रहेका सबै वडामा पशु चौपाय छोड्नको निगरानी गर्न समेत वडा कार्यालयहरुमा जानकारी गराएको सूचना अधिकारी शेर बहादुर केसीले बताए ।









प्रतिक्रिया दिनुहोस्