कोहलपुर/ प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले अब नेता र ठुला बडाको पहुँच नहुने ठाउँमा पनि सजिलै बजेट पुग्ने बताएका छन ।
विगतमा नेता र ठुला बडाहरुको पहुँच हुने क्षेत्रमा मात्र बजेट पुग्ने प्रवृतिको अन्त्य गर्ने अभियानमा अहिलेको सरकार लागेको बताए । बिहीबार बाँके क्षेत्र नं १ क की प्रदेश सभा सदस्य कृष्णा के.सी नमुनाका स्वर्गीय बुवा चन्द्र बहादुर खत्रीको १३ पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै मन्त्री बरालले पहिले देश बदल्ने भनेर गएकाहरु आफै बदलिएर आएको बताउदै अबको सरकारले जनताको समृद्धी चाहेको बताए । कुनै पनि बजेटको हिसाब किताब सार्वजनिक नभए जनताले समाजवाद आएको महसुुस नगर्ने हुँदा प्रष्ट रुपमा जनताका माझमा खर्च विवरण सार्वजनिक गर्नुपर्ने धारणा राखे ।
अहिलको समयमा सबैले समाजवाद चाहिरहेको हुदाँ सबैले रोजगार पाएर सुखी र सम्वृद्धि भए मात्र समाजवाद आउने मन्त्रीको भनाई रहेको थियो ।
श्रद्धाञ्जली सभामा पुर्व सिँचाई राज्य मन्त्री दल बहादुर सुनार, पुर्व सभासद अशोक रोकाय नेकपाका नेता अशोक कोईराला लगायतले आफ्ना भनाई राखेका थिए ।
श्रद्धाञ्जली सभामा युवा नेता सुर्य ढकाल नरेन्द्र न्यौपाने , नरेन्द्र पाण्डे जेम्स स्थानीय राजनितिकदलका प्रतिनिधि समाजसेवी, बुद्धिजीवी कर्मचारी सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्