बैजनाथ गाउँपालिकाको ४७ करोड २५ लाख बजेट सार्वजनिक



कोहलपुर/  बाँकेको बैजनाथ गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ का लागि ४७ करोड २५ लाख ७६ हजार बजेट सार्वजनिक गरिएको छ ।

चालु खर्च तर्फ २५ करोड २१ लाख ३१ हजार १ सय र पूँजिगत खर्च तर्फ २२ करोड ४ लाख ४४ हजार ९ सय बजेट छुट्याईएको बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

साथै आन्तरिक तर्फ अनुमानित बजेट २ करोड ३ लाख रहेकोमा पूँजिगत तर्फ १ करोड १५ लाख, राजश्व बाँडफाँड तर्फ २ करोड ४२ लाख ६० हजार, समानिकरण अनुदान १ करोड ८३ लाख ३८ हजार रुपैयाँ रहेको अध्यक्ष रुचालले बताए । साथै बैजनाथ गाउँपालिकाका लागि प्रदेश नं. ५ को सरकारबाट अनुदान स्वरुप ४७ लाख ९६ हजार हजेट प्राप्त हुने उनले बताएका छन् ।

आर्थिक वर्ष २०७५/०७६का लागि बैजनाथ गाउँपालिकाले सामाजिक विकासका लागि १ करोड ५ लाख १२ हजार, महिला लक्षित कार्यक्रम अन्तर्गत ८ लाख ४१ हजार, बालबालि लक्षति वर्ग अन्तर्गत ८ लाख ४१ हजार र दलित लक्षित वर्ग अन्तर्ग ८ लाख ४१ हजार, अपाङ्ग लक्षित वर्ग अन्तर्ग ८ लाख ४१ हजार, आदिवासी जनजाति लक्षित वर्ग अन्तर्गत ८ लाख ४१ हजार र यूवा लक्षित वर्ग अन्तर्गत ८ लाख ४१ हजार बजेट विनियोजित गरेको छ ।

त्यस्तै वातावरण तथा विपद् व्यवस्थापन तर्फ २६ लाख २९ हजार, जल उत्पन्न प्रकोप, नढी नियन्त्रण तर्फ १३ लाख १५ हजार, वन तथा भूसंरक्षण तर्फ २ लाख ६२ हजार र फोहोर मैला व्यवस्थापका लागि २ लाख ६२ हजार बजेट बिनियोजित गरिएको अध्यक्ष रुचालले जनाएका छन् । साथै गाउँपालिकामा आर्थिक विकास समिति तर्फ कार्यक्रम पेश भए पछि सञ्चलान हुने गरी १ करोड ५ लाख बजेट विनियोजित गरिएको छ ।

बजेटका उद्देश्यहरु आर्थिक विकास र गरिबी निवारणमा पत्यक्ष योगदान पुग्ने, उत्पादन मुलक र छिटा प्रतिफल प्राप्त हुने, राजश्व परिचालनमा योगदान पुग्ने, सेवा प्रवाह, संस्थागत विकास र सुशासन योगदान पुग्ने, लैगिक समानता, सामाजिक सामवेकीकरणको अभिवृद्वि हुने, दिगोविकास वातावरण संरक्षण र विपद व्यवपापनमा योगदान पुग्ने लक्ष्य लिईको जनाईएको छ ।

साथै आर्थिक वर्ष २०७५÷०७६मा आर्थिक विकास, सामाजिक, पूर्वधार, सांस्कृतिक तथा पर्यावरण र संस्थागत तथा सामुदायिक विकासलाई बजेटको प्राथमिकतामा राखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १८ गते शुक्रबार