सल्यान/ सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–७ को ढोरपिपल र १० को थापाचौरमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।
उक्त क्षेत्रमा स्थापना भएका शहरी स्वास्थ्य केन्द्रबाट ५ हजार वढि स्थानीयलाई सुविधा हुने जनाएको छ । वडा ७,८,१० र ११ नम्बर वडाका नागरिलाई मध्यनजर गरी शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।
स्वास्थ्य केन्द्रको बिहाीबार बन्गाड कुपिण्डे नगरका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गोविन्द कुमार पुनले उद्घाटन गरेका छन् ।
केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुखले नगरपालिकाले जो कोहि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् र हरेक टोलका नागरिक नजिकमा सामान्य उपचार गर्ने अस्पताल नहुदाँ सिटामोल तथा सामान्य परामर्शका लागि पनि टाढा जानु पर्दथ्यो ।
अब आफ्नो नगरका नागरिकले त्यो समस्या झेल्नु नपरोस भनेर शहरी स्वास्थ्य केन्द्रमा १ जना एचए र १ जना अनमीको व्यवस्था गरेको बताए । साथै नगरले छिटै कार्यलयको भाडा, कार्यलय सहयोगीको समेत व्यवस्थापन मिलाउने जनाएको छ ।
शहरी स्वास्थ्य केन्द्र स्थापना भए पछि त्यहाँका नागरिक खुसी भएका छन् । समान्य सिटामोल र परामर्श तथा सोधपुछको लागि समेत उनिहरु टाढा जानु पर्ने वाध्यता टरेको छ ।
शहरी स्वास्थ्य केन्द्र उद्घाटन कार्यक्रममा नगर स्वास्थ्य संयोजक वासुदेव पोख्रेलले सो केन्द्रबाट गर्भवती चेकजाँच, विरामीलाई परार्श, परिवार नियोजनाका अस्थायी साधान वितरण र सामान्य ज्वोरो, पखाला लगायतका विरामीहरुलाई औषधी उपचार हुने बताए ।









प्रतिक्रिया दिनुहोस्