6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

नेपाल म्ुद्रण उद्योग संघ बाँकेमा बस्नेत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १५, २०७५  

कोहलपुर/ बा“के जिल्लाका मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुन्द्रण उद्योग संघ बाँकेको साधारण सभाले मुद्रण उद्योग व्यवसायी कुशुम बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रवार बसेको साधारण सभाले सर्वसम्मत रुपमा उक्त समिति चयन  गरेको हो । २०६९ सालमा विधिवत दर्ता भएको भएको, तर लामो समयदेखि निष्कृय रहेको उक्त संघमा आवद्ध बा“के जिल्लाका मुद्रण व्यवसायीहरुको साधारण सभाले सर्वसम्मत रुपमा चयन गरेको कार्य समितिको उपाध्यक्षमा चिन्तामणि उपाध्याय (सि.एम. उपाध्याय, कोहलपुर), र मीना ढकाल (नेपालगन्ज), सचिव कृष्ण कँडेल, कोषाध्यक्ष मोहम्मद वहाब खान, सहसचिवमा विनोद पौडेल रहेको छ ।

त्यसैगरी सदस्यहरुमा हरी ज्ञवाली, सुरज श्रेष्ठ र नोख राज रावत रहेका छन् भन्ने साधारण सभाले वरिष्ठ सल्लाहकारमा पूर्ण लाल चुके तथा सल्लाहकारमा ज्योति प्रसाद भण्डारी र राम बहादुर थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ । नेपालगन्जमा सम्पन्न उक्त सभामा वरिष्ठ सल्लाहकार पूर्ण लाल चुके, सल्लाहकारद्वय ज्योति प्रसाद भण्डारी र राम बहादुर थापालाई खादा ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा वरिष्ठ सल्लाहकार पूर्ण लाल चुकेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई संघको विधान अनुसार सपथ ग्रहण गरेका थिए ।

साधारण सभामा सचिव कृष्ण कँडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहम्मद वहाब खानले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र आ.व. ०६९÷०७० देखि २०७३÷०७४ सम्मको लेखा परीक्षण प्रतिवेदन माथि व्यापक छलफल गरी सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

४४ जना मुद्रण व्यवसायीहरु आवद्ध संघको सभाको अन्तिममा अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गर्दै मुद्रण व्यवसायीहरुको हक हितको संरक्ष्णका

लागि एकतावद्ध हुन आव्हान समेत गरे ।

प्रकाशित मितिः शुक्रबार, असार १५, २०७५     10:39:17 PM  |