6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार ११, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुर नगरपालिकाको दोस्रो नगरसभा आईतबार देखी सुरु भएको छ । नगरसभाको कोहलपुर नगरपालिका प्रमुख तथा नगरसभाका अध्यक्ष लुट बहादुर रावतले दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए । उद्घाटन लगतै नगरसभाका अध्यक्ष रावतले आर्थिक वर्ष २०७५÷०७६ को निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।1

सभामा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा परम्परागत हस्तकला सामाग्रीको लागि एउटा कोशेलीघर स्थापना गर्ने नगरलाई सफा, सुन्दर, सुरक्षित, समृद्ध सवल र सक्षम नमूना सिटीका रुपमा विकसित गरिने गाँउ ब्लक सुकुमवासी मुक्त कमैया एवं अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जा (लाल पुर्जा) वितरण गर्न संघीय र प्रदेश सरकार तथा अन्य निकाय सँग पहल गरिने कृषि सुचना केन्द्रको स्थापना गरिने यस वर्ष देखि एकिकृत सम्पती कर र बहाल बिटौरी शुल्क लागु गरिने बताइएको छ ।

त्यस्तै नगर सभामा नगर पालिका क्षेत्र भित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा एक विद्यालय एक प्राविधिक विषय लागु गरिने प्रत्येक पसल तथा घर धनीले आफैले दुई वटा डस्टविन अनिवार्य राख्नु पर्ने गन्दर्व र वादी समुदायका जनताका लागि जनता आवास कार्यक्रम लागु गरिने नगर भित्र र बाहिर चक्रपथ को निर्माण गर्न बिस्तृत योजना प्रतिवेदन तयार गर्ने कोहलपुर स्वास्थ्य चौकीको स्तरोउन्नती गरी ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न पहल गरिने मध्यवर्ती क्षेत्रको प्राकृतिक श्रोत साधन बाट प्राप्त हुने आम्दानी कम्तिमा ५० प्रतिशत नगरपालिकामा आउने व्यवस्था मिलाईने चप्परगौडी खड्कवार हुदै सल्यानको घुइयावारी जोड्ने बि पी राजमार्ग लाई पूर्णता दिन आवश्यक पहल गरिने निति तथा कार्यक्रममा पेश गरिएको छ ।

नगर सभामा कोहलपुर नगरपालिकाकी उपप्रमुख तथा नगरसभाकी उपाध्यक्ष सन्जु कुमारी चौधरीले आर्थिक वर्ष २०७५÷०७६ को ७७ करोड १९ लाख ७२ हजार बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । चौधरीले प्रस्तुत गरेको बजेट वक्तब्यमा भौतिक पुर्वाधारमा विशेष कार्यक्रम सहित बजेटलाई प्राथमिकता दिइएको छ । जसमा रु. ४७ करोड ४१ लाख ८३ हजार ८ सय रकम बिनियोजन गरिएको छ ।

त्यस्तै पूँजीगत खर्चतर्फको आर्थिक विकास तर्फ रु. ३ करोड ३६ लाख ८६ हजार, सामाजिक विकास तर्फ २३ करोड ८९ लाख ७० हजार, पूर्वाधार विकासमा रु. १८ करोड २७ लाख १२ हजार, वातावरण तथा विपत्त ब्यवस्थापनमा रु. ९४ लाख ३८ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा ९३ लाख र प्रशासनिक खर्चतर्फ रु. १३ करोढ १६ लाख ६१ हजार रकम बिनियोजन गरिएको छ ।

साथै नगर सभामा नगरपालिकाका नायव सुब्बा बुद्धिमान् बिष्ट र मुखिया मनोज कुमार थारु लाई उत्कृष्ट कर्मचारीका रुपमा नगद रु १५ हजार प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो । नगर सभा आगामी असार २१ गते सम्मका लागि स्थगित गरिएको गरिएको छ ।

प्रकाशित मितिः सोमवार, असार ११, २०७५     7:56:28 AM  |