कोहलपुर/ बाल विवाह न्युनिकरण सम्बन्धी जनचेतना मूलक कार्यक्रम शनिबार कोहलपुरमा समपन्न भएको छ ।
कोहलपुर नगरपालिकाको सहयोग तथा ज्ञानोदय सामादायिक पुस्तकालयको आयोजनामा भएको सो कार्यक्रममा ज्ञानोदय सामुदयिक पुस्तकालयकाका अध्यक्ष लिल बहादुर रानाले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बाल विवाह कानुनी रुपमा गैर कानुनी काम भएको हुँदा बाल विवाह गर्ने र गराउने दुवै पक्षलाई जेल सजाय हुने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नगरपालिका उपप्रमुख सञ्जु चौधरीले कतिपय अवस्थामा आफुले नचाहदा नचाहदै सामाजिक मुल्य मान्यता र बाध्यताका कारण बाल विवाह गर्नुपर्ने समस्या रहेको बताईन ।
साथै सो समस्याबाट छुटकारा पाउनका लागि समाजमा जनचेतना फैलाउन आवश्यक रहेको बताईन । कोहलपुर नगरपालिकाका १५ वटै वडाका किशोरीहरुको सहभागीता रहेको सो कार्यक्रममा प्रशिक्षक सुमित्रा न्यौपाने, शुशिला शर्मा , ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई, माइती नेपालका संयोजक केशव कोइराला लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा कोहलपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष गोपी प्रसाद खनाल, वडा नं १० का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक निम बहादुर चलाउने, वडा न. ११ का वडाध्यक्ष कर्ण बहादुर थापा वडा नं १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्का, सामुदायिक पुस्तकालयका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेल लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा ज्ञानोदय सामादायिक पुस्तकालयका अध्यक्ष लिल बहादुर रानाको सभापतित्वमा भएको थियो ।