डुडुवालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिने



कोहलपुर/  बाँकेको डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा हुने भएको छ । यही असार ९ गते शनिबार एक समारोहका विच पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गर्न लागिएको हो ।

गाउँपालिकामा ६ वटा वडा रहेका छन् । यसअघि वडा नं. १, २, ४ र ५ वडा पूर्ण खोप वडा घोषणा भइसकेका छन् । अब सोही दिन बाँकी रहेका ३ र ६ वडालाई पूर्ण खोप वडा घोषणा गरी पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिने गाउँपालिका स्वास्थ्य संयोजक धनबहादुर बुढाले बताए ।

उनका अनुसार त्यसका लागि सम्पुर्ण तयारी पूरा भएको छ । गाउँपालिकामा खोप सेवा लिने जन्मदेखि १ वर्षका बालबालिकाको संख्या १ हजार १०९ जना रहेको छ ।

गाउँपालिकामा खोप लगाउने जन्मेदेखि १ वर्षका बालबालिकाको संख्या १ हजार १०९ जना रहेका छन् । सबै बालबालिकाहरुलाई आधारभुत पूर्ण खोप सुविधामा पहुँच पु¥याउने राष्ट्रिय लक्ष्य अनुसार गाउँपालिकामा सबैले खोप लगाई सकेका छन् ।

गाउँपालिकामा २९ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई विभिन्न खोपहरु प्रदान गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ ।गाउँपालिकाले सञ्चालन गरेको घर घरमा स्वास्थ्य सेवा अभियानले समेत मद्दत गरेको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए ।

उनले गाउँपालिकामा स्वास्थ्य सचेतनाको अभाव तथा बाढी प्रभावित क्षेत्र भएकाले स्वास्थ्य जटिलता बढेकाले सर्तकता अपनाउन विशेष योजना बनाएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार ८ गते शुक्रबार