कोहलपुर/ कोहलपुर कपडा व्यवसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुन : निर्विरोध निर्वाािर्चत भएका छन । शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा व्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिका वरिष्ठ उपाध्यक्षमा प्रमेश्वर (प्रकाश )भट्टराई , उपाध्यक्षमा एकराज भण्डारी सर्वसम्मत चयन भएका हुन । त्यस्तै महासचिवमा मोती शर्मा , कोषाध्यक्षमा राज कुमार शर्मा र सचिवमा इन्द्र प्रसाद शर्मा सर्र्वसम्मत चयन भएका छन ।
समितिका सदस्यहरुमा होमनाथ पाठक, प्रकाश लामिछाने , सीता योगी , पुर्ण चन्द्र पौडेल र हरिकला अधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक हेम कुमार रावतले जानकारी दिए ।
साधारण सभाको उद्घाटन समाहरोका बोल्दै प्रमुख अतिथि कोहलपुर नगरपालिकका प्रमुख लुट बहादुर रावतले आफु कोहलपुरलाई सफा र व्यवस्थीत गर्न लागीपरेको र उक्त कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
नगर प्रमुख रावतले पोके , घुमन्ते र फुटपात व्यवसायलाई व्यवस्थित गर्न नगरपालिका लागीपरेको र उक्त कार्यमा सहयोग गर्न कोहलपुरका कपडा व्यवसायीलाई आग्रह गरे ।
कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नम प्रसाद शर्माले कोहलपुरमा पोके, घुमन्ते तथा फुटपाथे व्यापारीका कारण कर तिरेर सटरमा बसेका व्यवसायी अप्ठ्यारोमा परेको भन्दै यसलाई नियन्त्रण गर्न सम्बन्धित निकाय कडाईका साथ लाग्नुपर्नेमा जोड दिए ।
उनले कोहलपुरका व्यारीहरुलाई घर बेटीबाट पनि समस्या हुने गरेको भन्दै घरबेटी संग सम्झौता गर्दा कोहलपुर उद्योग वाणिज्य संघको रोहबरमा गर्न कोहलपुरका व्यवसायीलाई आग्रह गरे । यसैगरी उद्योग वाणिज्य संघ कोहलपुरकाका निवर्तमान अध्यक्ष एवं प्रदेश न ५ सदस्य नरेन्द्र शर्माले परम्परुरागत शैलीबाट नभई वर्तमान अवस्थाको माग र चाहना ठुला खालका व्यवसायमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा संघका महासचिब एकराज भण्डारीले सांगठनिक तथा कोषाध्यक्ष चुडामणी शर्मालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्