कोहलपुर,२६ जेठ/ बाँकेको कोहलपुरमा शुक्रबार मावि र आधारभूत तहस्तरिय वादविवाद प्रतियोगिता गराइएको छ । संस्थागत विद्यालयको संगठन (क्रिसा) कोहलपुरको आयोजनामा भएको सो प्रतियोगितामा मावितर्फ नमूना विद्या सदन माविकी छात्रा सितल केसी प्रथम भएकी छिन् । यस्तै बालज्योति अंग्रेजी माविकी छात्रा रोशनी वली द्वितीय र तक्षशिला एकेडेमीकी छात्रा कमला शाही तृतीय भएकी छिन् ।
त्यस्तै आधारभूत तहतर्फ कोहलपुर बागेश्वरी स्कुलकी छात्रा समिक्षा भट्टराई प्रथम भएकी छिन् भने साईनिङ्ग स्टारकी छात्रा वर्षा पाण्डे द्वितीय र जनज्योति पब्लिक स्कुलका छात्र एलिस बुढाथोकी तृतीय भएका छन् । प्रतियोगितामा विजेतालाई पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय निरीक्षक दान बहादुर विष्ठले क्रिसाले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनका लागि समय समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्नुपर्ने भन्दै प्रतियोगिताबाट विद्यार्थीहरुको व्यक्तित्व विकास हुने बताए । विद्यार्थीको क्षमतालाई अझै थप सशक्त बनाउनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा बोल्दै प्याब्सन केन्द्रीय सदस्य अर्जुन सिग्देलले विद्यार्थीहरु भित्र लुकेर रहेको अन्र्तनिहित क्षमतलाई बाहिर ल्याउनका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले पाठ्यक्रमले तोकेका विषयवस्तुसँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि समय समयमा जोड दिनुपर्ने बताए ।
यस्तै प्याब्सन बाँकेका सचिव श्याम कुँवरले विद्यार्थीहरुलाई पढाइसँगै सिर्जनात्मक प्रतियोगितामा सहभागी गराउँदा विद्यार्थीहरुको क्षमतामा वृद्वि हुने भन्दै आगामी दिनहरुका पनि क्रिसाले अन्य थप कार्यक्रमहरु सञ्चालनमा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै एनप्याव्सन प्रदेश नं. ५ का सदस्य कमल पछाईले देश विकासमा यूवा विद्यार्थीहरुको महत्वपूर्ण हुने भएकोले विद्यार्थी जीवनकालमै रहेक कुरामा सवल बनाउनका लागि वादविवाद प्रतियोगिता गरेकोमा क्रिसालाई धन्यवाद व्यक्त गरेका थिए ।
क्रिसाका अध्यक्ष दिनेश सिग्देलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्रिसामा आवद्व विद्यालयको शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा क्रिसामा आवद्व २१ वटा विद्यालयका ४० जना विद्यार्थीहरुले भाग लिएका थिए ।









प्रतिक्रिया दिनुहोस्