कोहलपुर,१७ जेठ/ महिला तथा किशोरीहरुको रजस्वलाको समयमा हुने समस्यासम्बन्धी ६ दिने जनचेतनामूलक कार्यक्रम बुधबार कोहलपुरमा सम्पन्न गरिएको छ ।
सो कार्यक्रम नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको डा. देवेन्द्र आचार्यले जानकारी दिए ।
कार्यक्रममा महिलाहरु रजस्वला हुँदा अपनाउनुपर्ने विभिन्न स्वास्थ्य तथा सरसफाइ सम्बन्धी चेतनामूलक जानकारी दिइएको थियो ।
महिलाहरु रजस्वला हुँदा निस्कने फोहरबाट संक्रमण हुने भएकाले त्यसबाट बच्न सरसफाइमा ध्यान दिने, अन्य समयभन्दा बढी आरा मर्ने, खानपिनमा ध्यान दिनेलगायतका चेतनामूलक जानकारी दिइएको थियो ।
बुधबार कोहलपुर न्यूरोड चोकमा सचेतनामूलक सांस्कृतिक कार्यक्रम गरिएको थियो । यसअघि सोमबार ढकेरीस्थित गणेश माविका विद्यार्थीहरुलाई रजस्वलासम्बन्धी जानकारी दिइएको थियो ।
सोही अवसरमा सेनेटरी प्याड वितरण तथा निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।
यस्तै चिसापानीस्थित मेडिकल कलेजमा चित्रकला, वक्तृत्वकला प्रतियोगिता पनि गरिएको एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रवी वाग्लेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्