6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

पञ्चैबाजा संरक्षण गर्दै वडा कार्यालय

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १५, २०७५  

कविन्द्र परियार : कोहलपुर,१५ जेठ/  बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीले हराउँदै गएको पञ्चैबाजाको संरक्षण गर्ने अभियानलाई लाई सुरुवात गरेको छ ।

वडा कार्यालयले पञ्चैबाजा संरक्षण सिमित नै बनाएर सो अभियानको सुरुवात गरेको हो वडा कार्यालयले सोमबार एक कार्यक्रमका बिच पञ्चैबाजा संरक्षण अभियान सुरुवात गरेको छ । यस आर्थिक वर्षमा पञ्चैबाजा संरक्षणका लागि वडाबाट १ लाख ५० हजार विनियोजन गरेर बाजाहरु खरिद गरेर १५ दिने तालिम सुरुवात गरेको वडा कार्यालयले जनाएको छ ।

पहिलो चरणमा पाँच वटा दमाहा दुई वटा ट्याम्को, दुई वटा सहनाई र दुई वटा झ्याली किनेर तालिम सुरु गरिएकोे पञ्चैबाजा संरक्षण समितिका अध्यक्ष दुर्गा बहादुर परियारले जानकारी दिए । पहिलो चरणमा १५ जना प्रशिक्षार्थी लाई पञ्चैबाजा बजाउने तालिम दिइने र त्यसपछि थप बाजा बजाउन चाहनेहरुलाई तालिम प्रदान गरिने परियारले बताए ।

पछिल्लो समयमा पञ्चैबाजा हराउदै गएको हुदाँ संरक्षणकालागि वडा कार्यालयले अभियान सुरुवात गरेको र आगामी वर्षमा पञ्चैबाजा संरक्षणकालागि थप बजेट विनियोजन गरिने वडा नं ९ का वडा अध्यक्ष महाविर वलीले बताए ।

स्थानीय स्तरका सभा, समारोह, र विहे लगायत सबै कार्यहरुमा समिती मार्फत पारिश्रमिक निर्धारण गरि बाजा बजाईने र सो कार्यका लागि समितिले शुल्क निर्धारण गरिने बताईएको छ । आधुनिकताका कारण पछिल्लो समयमा पञ्चैबाजा हराउदै गएका कारण पञ्चेबाजालाई संरक्षणमा जोड दिइएको बताइएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १५, २०७५     7:36:27 AM  |