जनप्रतिनिधिले उपेक्षा गरेको बाल सञ्जालको गुनासो



कोहलपुर,१४ जेठ/  बाँकेको बैजनाथ गाउँपालिकाका बाल क्लब सञ्जालका सदस्यहरुले जनप्रतिनिधिहरुले आपूmलाई हरेक गतिविधिहरुमा उपेक्षा गरेको गुनासो गरेका छन् ।

आइतबार बैजनाथ गाउँपालिकाको चिसापानीमा आयोजित बालबालिकाहरुको लागि चौतर्फी विकासका लागि सरोकारवालाहरुसंगको अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गरिए पनि कुनै समन्वय नगर्ने आपूmहरुले आयोजना गरेका कार्यक्रम जनप्रतिनिधि सहभागी नभईदिने बालबालिकाको हितमा कुनै पनि काम नगरेको गुनासो गरेका छन् ।

प्लान ईन्टरनेशनलको सहयोग तथा बैजनाथ गाउँपालिका स्तरीय क्लब सञ्जालको समन्वय र वडा स्तरिय बाल संरक्षण तथा सम्वद्र्धनको आयोजनामा संञ्चालन गरिएको उक्त कार्यक्रममा बोल्ने अधिकांश बालबालिकाहरुले बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिहरुले कुनै पनि कार्यक्रममा बाल सहभागीता र समन्वय नगराएको आपत्ति जानाएका थिए ।

सो अवसरमा बालबालिकाले सोधेका प्रश्नबारे बैजनाथ गाउँपालिका वडा नं १ का वडाध्यक्ष रुप बहादुर मल्लले जवाफ दिएका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा नं १ का जनप्रतिनिधिहरु स्याक नेपालकी बबिता सिँह, बैजनाथ गाउँपालिका स्तरिय क्लब सञ्जालका अध्यक्ष खगेन्द्र बुढा साना किसान सहकारी संस्था चिसापानीकी अध्यक्ष एकता शाह लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १४ गते सोमबार