29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बहुभाषिक कविगोष्ठी सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ५, २०७५  

नेपालगन्ज,५ जेठ/  काव्य विमर्श तथा बहुभाषिक कविगोष्ठी शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भेरी सहित्य समाज नेपालगन्जको आयोजनामा सो गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा कविताका विविध पक्षबारे चर्चा गरिनुका साथै विभिन्न भाषाका काव्य रचना प्रस्तुत गरिएको थियो । प्रज्ञा प्रतिष्ठानका प्रा.डा.अमर गिरीले काव्य रचना सैद्धान्तिक अध्यन विना नै सिर्जना हुने भएपनि यसको मापन सैद्धान्तिक ढाँचामा हुने भएकाले अध्यन गरेर लेख्दा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।

प्रष्ठिानका पुर्व सदस्य सचिव सन्त रेग्मीले साहित्य रचनाको जननी कविता भएकाले यसको गरिमा र महत्व कहिल्यै कम नहुने दावी गरे । साहित्यकार इन्द्रबहादुर भण्डारीले कविताको विविध पक्षबारे केन्द्रित कार्यपत्र प्रस्तुत गरेपछि सो कार्यपत्रमाथि टप्पणी समेत गरिएको थियो ।

समाजका अध्यक्ष हरि तिमील्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा उर्दु भाषी गजलकार अव्दुल लतिफ शौक, थारुभाषि सुशिल चौधरी, छविलाल कोपीलाले आफ्ना रचना वाचन गरेका थिए ।

यस्तै साहित्यकारहरु सिर्जन लम्साल, खगेन्द्र गिरी कोपीला, जिवराम भण्डारी, महानन्द ढकाल, भवानी न्यौपाने, अनुपमा करारा, रामचन्द्र आचार्य लगायत दर्जन बढी साहित्यकारले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ५, २०७५     9:12:47 PM  |