25 November 2020  |   बुधबार, मंसिर १०, २०७७

नेपाल आउन लागेको भारतीय विमानमा बमको हल्ला, उडान अवरुद्ध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ १३, २०७२  

नयाँ दिल्ली, माघ १३ गते। बुधबार यात्रुसहित नेपालका लागि उड्ने तयारीमा रहेको दुई विमान भित्र बम राखिएको हल्लापछि विमानलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल नयाँ दिल्लीमा आकस्मिकरुपमा रोकिएको छ ।

विस्मानस्थल स्रोतका अनुसार हवाई सुरक्षा अधिकारीलाई अज्ञात व्यक्तिले फोन गरी नेपालको राजधानी काठमाडाँैका लागि उड्ने तयारीमा रहेको विमानमा बम राखिएको बताइएको थियो ।

एअर इन्डिया विमान कम्पनीको एआइ–२१५ र अर्को एक नाइन डब्लु–२६० नम्बरको विमान क्रमश दिउसो १ः१५ र १ः३० बजे नेपालका लागि उड्ने तयारीमा थिए ।

विमानलाई धानवमार्गको बम डिस्पोजल टोलीद्वारा एकान्तस्थलमा लगि बम भए नभएको बारे खोजिकार्य सुरु गरिसकेको छ । पहिलो विमानमा १२१ जना र दोस्रो विमानमा १२२ जना उडानका लागि टिकट लिएका थिए । रासस÷पीटिआई

प्रकाशित मितिः बुधबार, माघ १३, २०७२     6:54:13 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *