उपराष्ट्रपति ‘चेल्डे«न गेम्स’ छनौट प्रतियोगिता सुरु



कोहलपुर,२ जेठ/   बाँके कोहलपुरमा मंगलबारबाट प्रथम उपराष्ट्रपति ‘चेल्डे«न गेम्स’ छनौट प्रतियोगिता सुरु भएको छ ।

बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा कोहलपुर–१ मा रहेको कृष्ण माविमा सञ्चालन भएको सो प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर रावतले विद्यार्थीको प्रतिभालाई उजागर गर्नका लागि यस्ता प्रतियोगितालाई जोड दिनुपर्ने बताए । साथै उनले कोहलपुर नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको भन्दै राज्यका अन्य निकायले पनि खेलकुद क्षेत्रको विकासमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अध्यापन गराउँदा पाठ्यक्रमले तोकेको विषयवस्तु भन्दा अन्य विषयवस्तुलाई पनि समेट्नुपर्र्ने बताउँदै खेलकुदको मध्यमबाट विद्यार्थीहरुलाई अनुशासित र असल नागरिकका रुपमा उत्पादन गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गोपी खनालले विद्यार्थी भित्र लुकेर रहेको क्षमतालाई बाहिर ल्याउनका लागि प्रयोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै खेलकुद विकास समिति बाँकेकी कोषाध्यक्ष नारायणी वलीले खेलकुदबाटै विद्यार्थीहरुको शैक्षिक विकास गर्न सकिने भएकाले प्रयोगितालाई जोड दिइएको बताइन् ।

बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतका अनुसार प्रतियोगितामा यस क्षेत्रका सरकारी तथा संस्थागत गरी १८ वटा विद्यालयहरुले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा १०० र २०० मिटर दौड, सटफुट, कराते, उसो लगायतका अन्य खेलहरु समावेश गरिएको बताएका छन् । साथै कक्षा ८ र १४ वर्षमुनिका विद्यार्थीहरुलाई मात्र प्रतियोगिता सहभागी गराइएको आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २ गते बुधबार