भारतमा बस दुर्घटना एक नेपालीको मृत्यु, ३४ घाइते



नरैनापुर (बाँके) २८ बैशाख/ शुक्रबार भारतको श्रावस्ती मलिनपुरमा भएको बस दुर्घटनामा परेर बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ कालाफाँटाका १ जनाको ज्यान जानुको साथै ३४ जना घाइते भएका छन् ।

सो दुर्घटनामा परी कालाफाँटाकी राबिया बेगम खाँको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका मध्ये ९ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरुको अवस्था बुझ्न घाइतेहरुको उपचार भइरहेको श्रावस्ती भिन्गास्थित सरकारी अस्पताल संयुक्त जिल्ला चिकित्सालय पुगेका नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गम्भीर घाइते रहेका हासिम खाँ र तलबुना खाँलाई थप उपचारका लागि अस्पतालले लखनऊ रेफर गरेको जानकारी दिए ।

घाइतेमध्ये सरिफुल खाँ, हासिरा खाँ, हसनतुल खाँ, हलिमा खाँ, साइरा बानो र चाँदनी खाँको अवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

बहराइचस्थित सइयद मकसुद गागीको दर्शनका लागि हिँडेका कालाफाँटाका स्थानीयहरु सवार बस दुर्घटनामा परेको अध्यक्ष शाहले जानकारी दिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २८ गते शुक्रबार