नेपालगन्ज,२१ वैशाख/ नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजले आफ्नो माग प्रति सरकार गम्भिर नभएको भन्दै आन्दोलनलाई अझ थप शसक्त बनाएका छन् ।
नेपाल आंशिक प्राध्यापक संघ केन्द्रिय कार्य समिति त्रिभुवन विश्वविद्यालयद्धारा जारी गरीएको पे्रस विज्ञप्तीमा उल्लेखित कार्यक्रम अन्र्तगत आज मब क्याम्पसका सबै क्याम्पस प्रमुख,विभागिय प्रमुख र प्रशासनको कार्यकक्षमा अनिश्चित कालिन ताला बन्दी गरेको संघ मब क्या नेपालगंजका अध्यक्ष धनीराम थापाले जनाकारी गराए ।
त्रिभुवन विश्वविद्यालयले बौद्धिक श्रम शोषणको अन्त्य गर्दै दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा परिवर्तन गरी आफुहरुलाई करार नियुक्त गर्नु
पर्ने माग रहेको छ ।
यस अघि क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्द गरेको आंशिक प्राध्यापकहरुले केन्द्रिय कार्यक्रम अनुसार बिहिबार सबै प्रमुख तथा विभागहरुमा ताला बन्द गरीएको मब क्याम्पस आंशिक प्राध्यापक संघ आन्दोलन परिचालनका संयोजक टंकेश्वर अधिकारीले जनाकारी दिए ।








प्रतिक्रिया दिनुहोस्