29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

सनराईजर्स हैदरावादद्वारा मुम्बई इन्डियन्स पराजित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५  

काठमाडौं, १२बैशाख/   इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति सनराईजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

मुम्बईको वाङ्खडे रंगशालामा १ सय १९ रनको झिनो चुनौती पछ्याएको घरेलु टोली मुम्बई ८७ रनमै समेटिएपछि पाहुना टोली हैदरावाद विजयी भएको हो ।

खेलमा मुम्बईको ईनिङ ध्वस्त पार्न हैदरावादका सिद्धार्थ कौलले ३ तथा रसिद खान र बसिल थम्पुले २/२ विकेट लिए ।

मुम्बईका सुरुवाती ब्याट्सम्यान सूर्यकुमार यादवले ३४ रन तथा क्रुनाल पाण्डेले २४ रन जाड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

खेलमा पहिलो व्याटिङ गरेको हैदरावादले केन विलियाम्सन र युसुफ पठानको समान २९/२९ रनको मद्दतले १८ ओभर ४ बलमा अलआउट हुनुपूर्व १ सय १८ रन जोडेको थियो ।

आइपीएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स भिड्नेछन् ।

प्रकाशित मितिः बुधबार, बैशाख १२, २०७५     8:05:24 AM  |