29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

भारतीय प्रधानमन्त्री मोदी जेठ दोस्रो साता नेपाल आउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ८, २०७५  

काठमाडौं,८ वैशाख/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ ११ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको छ ।

आगामी मे २५ मा मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

भ्रमणको मिति मे २५ अर्थात जेठ ११ गते तोक्ने गृहकार्य भइरहेको तर यसमा भारतीय पक्षसँगको सल्लाहअनुसार केही दिन यताउता हुन सक्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मितिः शनिबार, बैशाख ८, २०७५     8:31:43 PM  |