29 November 2023  |   बुधबार, मंसिर १३, २०८०

एनटिभी कोहलपुरमा आज शुभारम्भ साँझ हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०७४  

कोहलपुर,३० चैत/  नयाँ वर्षको अवसरमा कोहलपुरमा आज शुभारम्भ साँझ–२०७५ हुँदैछ । नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा पहिलो पटक प्रादेशिक प्रसारण केन्द्र कोहलपुरमा शुभारम्भ साँझ २०७५ हुन लागेको हो । 

नेपाल टेलिभिजनले हरेक वर्ष आयोजना गर्दै आएको शुभारम्भ साँझ यस पटक कोहलपुर प्रसारण केन्द्रबाट हुन लागेको बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो मध्य र सुदुर पश्चिमका कला संस्कृतिलाई उजागर गर्ने उद्देश्यले पहिलो पटक प्रादेशिक प्रसारण केन्द्र कोहलपुरबाट शुभारम्भ साँझ गर्न लागिएको प्रमुख विजय वर्माले जानकारी दिए ।

नयाँवर्ष २०७५ को अवसरमा चैत ३० गते राती साढे ९ देखि साढे १२ बजे सम्म प्रसारण हुने कार्यक्रम दर्शकहरुले घरमै नेपाल टेभिजन , एनटिभी प्लस, एनटिभी न्युज र एनटिभी कोहलपुरबाटै एकैसाथ हेर्न सकिने बताइएको छ ।

६० प्रतिशत राष्ट्रिय कलाकार र ४० प्रतिशत स्थानीय कलाकारहरुको प्रस्तुति रहने शुभारम्भ साँझ २०७५ मा सुदुरपश्चिमका हुडकेली, छलिया, देउडा तथा मध्यपश्चिमका टप्पा, झ्याउरे मारुनी, थारु तथा अवधी, राउटे संस्कृतिको प्रस्तुती गरी करिब ३२ वटा प्रस्तुति रहने जानाइएको छ ।

कोहलपुरबाट प्रसारण हुने शुभारम्भ साँझ कार्यक्रममा राष्ट्रिय कलाकारहरु दमन रुपाखेती, बाबु बोगटी, राज सिग्देल, भागीरथ चलाउने, अनिता चलाउने कमल वि.सी, आरुषी मगर, सुरज पण्डित लगायतका कालकारहरुको बेजोड रहनुका साथै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, चैत्र ३०, २०७४     6:53:26 AM  |