8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

फेसबुक बन्द हुने कुरा हल्ला मात्रै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४  

कोहलपुर,२८ चैत/  बुधवार दिनभर सामाजिक सञ्जालमा ‘फेसबुक’ बन्द हुने अफवाह फैलियो । त्यो पनि नेपाल सरकारले नयाँ वर्ष २०७५ पछि फेसबुकमा प्रतिबन्ध लगाउन थालेको हल्ला चलाइयो ।

सूचना तथा सञ्चार मन्त्रालयको जस्तो ‘लेटरप्याड’मा फेसबुक बन्द गर्न लागिएको व्यहोरा सहितको पत्र ‘भाइरल’ गराइएको थियो ।

पत्रमा नेताहरुलाई फेसबुक मार्फत गाली गलौज गरिएको र अश्लिल फोटोहरु राखिएका कारण प्रतिबन्ध लगाउन लागिएको व्यहोरा उल्लेख छ ।

यस सम्बन्धमा सरकारका तर्फबाट कुनै प्रतिक्रिया नआएपनि उक्त पत्र ‘झुठ’ भएको स्पष्ट छ । किनकी झुठ लेटरप्याडमा कसैले टाइप गरेको स्पष्ट देखिन्छ ।

त्यसमा झन् सन्चारराज्यमन्त्री गोकुल बास्कोटा रहेको अवस्थामा उक्त पत्रमा सन्चारमन्त्री माधव पौडेलको नाम र हस्ताक्षर भनि दाबी गरिएको छ ।

‘यस्तो फेक हुँदै अहिले त्यो पत्र भाइरल गराइएको छ ।’ धेरैको टिप्पणी छ,—‘सामाजमा नाम चलेका व्यक्तिहरुले समेत यो पत्र भाइरल बनाएर सरकारको आलोचना गरेको देख्दा दया लागेर आउछ ।’

प्रकाशित मितिः बुधबार, चैत्र २८, २०७४     7:09:45 PM  |