29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बालिका यौन दुव्र्यवहार विरुद्ध ¥याली निकालिदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २०, २०७४  

कोहलपुर,२० चैत/  ‘हामी सबैको चाहना, हिंसा रहित समाज हाम्रो कामना’ भन्ने नारा सहित बालिकामाथि हुने यौनजन्य दुव्र्यवहार विरुद्ध आज कोहलपुरमा सचेतनामूलक कार्यक्रम तथा ¥याली निकालिने भएको छ ।

बैजनाथ गाउँपालिकाको आयोजना तथा जिल्ला बाल सञ्जाल बाँके, जिल्ला किशोरी सञ्जाल बाँके र नेपालगञ्ज उपमहानगरपालिका स्तरीय बाल क्लव सञ्जालको समन्वयमा ¥याली निकालिने भएको हो ।

पछिल्लो सयममा बाँकेमा बालिका माथि विभिन्न प्रकारका यौनजन्य गतिविधिहरु बढिरहेको भन्दै त्यसको न्यूनिकरणका लागि सचेतना ¥याली सहित अन्र्त्क्रिया गर्न लागिएको बैजनाथ गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष खगेन्द्र बुढाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि हालसम्म बाँके जिल्लामा ३९ जना बालिकाहरु यौनजन्य क्रियाकलापमा पीडित बनेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङकमा उल्लेख छ । ¥याली बिहान ११ बजे कोहलपुर चौराह देखि सुरु हुनेछ ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २०, २०७४     7:57:08 AM  |