लक्षित वर्गको बजेट धमाधम खर्च गरिँदै



नेपालगन्ज,२० चैत/  खजुरा गाउँपालिकाले लक्षित वर्गका लागि छुट्टाइएको बजेट उनीहरुको लागि धमाधम खर्च हुन थालेको छ । लक्षित वर्गका लागि छुटइएको बजेट अन्तर्गतका कार्यक्रमहरु हरेक वडामा भइरहेका छन् ।

गाउँपालिकाले लक्षित समूहको लागि वृद्ध वृद्धाहरुलाई सम्मान, स्वयंसेविकालाई प्रोत्साहन, कृषकलाई विउँ विजन वितरणदेखि तालिमसम्मका कार्यक्रमहरु सञ्चालन भैरहेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

अन्य विकास निर्माणका कामसँगै लक्षित वर्गका लागि छुट्टाइएको बजेट सदुपयोग गर्ने कामका जनप्रतिनिधिहरु लागिपरेको अध्यक्ष कक्षपतिको भनाइ छ ।
यसैगरी सोमबार खजुरा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा गरीब, आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी १० जनालाई जनही १ वटा बाख्रा वितरण गरीएको वडा अध्यक्ष साविर जोलाहाले जानकारी दिए ।

वडामा रहेका १० परिवारको आर्थिक अवस्था सुधार गर्न र आयआर्जनमा वृद्धि गराउने उदेश्यका साथ बाख्रा वितरण गरिएको वडा अध्यक्ष जोलाहले बताए ।
त्यस्तै वडा नम्बर ६ ले सोमबार नै महिला स्वास्थ्य स्वयम्सेविका प्रोसाहन क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगर्त ८ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।

वडाले एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य स्वयंसेविकालाई टर्च, छाता, साबुन, रुमाल, डिजिटल थर्मोमिटर र नगद ५ हजार प्रदान गर्दै सम्मान गरेको हो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २० गते मंगलबार