कोहलपुर,१७ चैत/ कौशिल्या मेमोरीयल अस्पतालको आयोजनामा एक दिन निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न गरिएको छ ।
सो शिविरमा १०५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । ती मध्ये ७४ जनाको स्वास्थ्यमा सुगर देखिएको कौशिल्या मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक चन्द्र बहादुर महत्तले जानकारी दिए ।
उक्त कार्यक्रममा डा.अर्जुन महत्त, डा. पंकज कुमार यादव लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
प्रकाशित मिति : २०७४ चैत १७ गते शनिबार









प्रतिक्रिया दिनुहोस्