कोहलपुर,१६ चैत/ बाँके राप्तीसोनारी गाउँपालिकाको खासकुश्मा नजिकै गाडी दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारीको गाभर नजिकै गएराती महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ५३१८ नम्बरको पवनदुत यातायातको बस विपरित दिशाबाट आईरहेको ना ६ ख ६९७३ ट्याङकरसंग ठोकिदा उक्त दुर्घटना भएको हो ।
बस ट्याङ्करसंग ठोकीएर रोडभन्दा पर माटोको ढिस्कोमा गएर ठोकीएको थियो । गाडी तीब्र गतिका कारणले गर्दा दुर्घटना हुन सक्ने अनुमान गरिएको छ । घाइते हनेमा बसमा सवार २७ र ट्याङ्करमा सवार २ जना रहेका छन् ।
घाइते २९ मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेको नपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । तीव्र गतिका कारण उक्त दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
सो बसमा ४० बढि यात्रु रहेका थिए । गाडी सडकमै पल्टेकोले एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्