मुख्यमन्त्री पोख्रेलद्वारा नेपालगन्जमा सुटिङ्ग रेन्जको शिलान्यास



नेपालगन्ज,१२ चैत /  पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आगामी वर्ष नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीको निरिक्षण गर्नुका साथै सुटिङ्ग रेन्जको सोमबार शिलान्यास गरेका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिता हुने स्थलको तयारीको निरिक्षण गरेपछि मुख्यमन्त्री पोख्रेलले ५ नम्बर प्रदेशको गौरबका रुपमा प्रतियोगिता हुन लागेको भन्दै तयारीमा कुनै कमी हुन नदिन आग्रह गरे ।

मुख्यमन्त्री पोख्रेलले स्वस्थ जनशक्ति तयार गर्न र खेलक्षेत्रका माध्यमबाट देशलाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाउन लाग्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले पौडी पोखरी, भारतोलन हल, १० हजार सिट क्षमता भएको प्याराफिट समेत बन्न लागेको बताए ।

क्षेत्रमा हुन गइरहेको प्रतियोगितलाई सबै मिलेर सफल पार्नुपर्ने ओलीले बताए । कार्यक्रममा प्रदेश सभा सदस्यहरु आइपी खरेल, बाबुराम गौतम, सुरेन्द्र हमाल, कृष्णा केसी नमूना, याकुव अनसारीको पनि उपस्थिति रहेको थियो ।
एक करोडको लागतमा सुटिङ रेन्ज निर्माण हुने भएको हो ।

मुख्यमन्त्री पोख्रेलल सोमबार नै नेकपा एमाले बा“केको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटमा सहभागि भए । उनले कार्यकर्तालाई संघीय संरचना सफल बनाउन सबै तहका सरकारलाई सहयोग गर्न आग्रह गरे ।

मुख्यमन्त्री पोख्रेलले देश संघीय संरचनाको कार्यान्वयनमा गएको भन्दै यसलाई सफल बनाउनका लागि संघ, प्रदेश र स्थानीय तहबीच तालमेल हुनुपर्नेमा जोड दिए । उनले यि तीनै तहको तालमेल हुन नसके समस्या उत्पन्न हुने बताए ।-sadarline.com

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १२ गते सोमबार